५ वैशाख २०८१ बुधबार
समाज

मच्छिन्द्रनाथमा दीप प्रज्ज्वलन

विश्व शान्तिको कामना गर्दै ललितपुर स्थिति मच्छिन्द्रनाथको मन्दिरमा दीप प्रज्ज्वलन  गरिएको छ।  न्यकू जात्रा मतया व्यवस्था केन्द्रीय समितिले सहकालका देव मच्छिन्द्रनाथको मन्दिरमा १ सय ८ दीपप्रज्वलन गरी विश्व शान्तिको कामना गरेको हो। समितिका अध्यक्ष आशारत्न शाक्यले विश्वभर फैलिदै गएको कोभिड–१९ महामारीको निवारणका लागि प्रार्थना र विश्व शान्तिको कामना गर्दै दीप प्रज्ज्वलन गरिएको बताए। उनले मच्छिन्द्रनाथ देवसँग विश्वभर शान्ति अमनचयन कायम गर्ने शक्ति रहकोले दीपप्रज्वलन गरी प्रार्थना गरिएको बताए।  

मच्छिन्द्रनाथको मन्दिरमा विशेष पूजाआजा गरी दीप प्रज्ज्वलन गरिएको हो। दीप प्रज्ज्वलनका लागि समितिका सबै पदाधिकारीहरुको उपस्थिति रहेको अध्यक्ष शाक्यले बताए।  

 

प्रकाशित: २१ जेष्ठ २०७७ ०६:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App