coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भारतबाट दुई सय ४३ गोरखाली भित्रिए

रोजगारीको सिलसिलामा भारत रहेकाहरु धमाधम घर फर्किरहेका छन्। बैशाख २५ देखि हाल सम्म (२५ दिनमा) दुई सय ४३ जना गोरखा आएका छन्। ९ जना महिला र एक जना बालिका बाहेक अन्य सबै पुरुष रहेका छन्। अधिकासं भारतको सिलगढी, हैरवाद लगायत ठाउँबाट आएका हुन्।  

भारतबाट र अन्य जिल्लाबाट हालसम्म गोरखा भित्रिएका मध्ये तीन सय एक जना क्वारेन्टिनमा बसेका छन् भने दुई सय ३६ जना क्वारेन्टाईनबाट घर फर्किएका छन्। दुई सय ४६ जनाको पिसिआरका लागि स्वाब संकलन गरिएको थियो भने एक सय ७५ जनाको रिपोर्ट नेगेटिभ आएको प्रशासन कार्यालयका सुचना अधिकारी हर्क रोकाले बताए। ७१ जनाको भने रिपोर्टको  आउन बाँकी रहेको छ। जिल्लाभर अहिले सम्म एक हजार ११ जनाको आरडिटी परीक्षण गरिएको छ।

प्रकाशित: २१ जेष्ठ २०७७ ०३:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App