coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कपिलवस्तुमा फेरि २८ जना थपिए, संक्रमितको संख्या ३ सय ९३ पुग्यो

संक्रमित मध्ये ३ सय ७८ जना भारतबाट फर्केका

कोरोनाको ईपी सेन्टर बनेको कपिलस्तुमा मंगलवार साझ फेरि २८ जना संक्रमित भेटिएका छन् । यससंगै कपिलस्तुमा कोरोना संक्रमितको संख्या ३ सय ९३ पुगेका छ । जिल्ला स्वास्थ्य कार्यालय अनुसार मंगलवर राति थपिएका २८ जा सुद्धोदन गाउपालिका हुन । संक्रमित सबै १४ देखि २८ बषै उमेरका छन् । उनीहरु सबै भारतबाट ३ साता अघि फर्कका र क्वारेन्टिनमा छन् ।

यस अघि जिल्लामा मंगलवार दिउसो ४८ जना संक्रमित थपिएका थिए । जिल्लाको यशोधरामा सय जना, मकहराजगंजमा ५०, मायादेबीमा ५४, शिवराजमा ४८, कृष्णगनरमा ३५, सुद्धोदनमा २९, कपिलवस्तु नपामा २९, बुद्धुभुमीमा १८ , बिजयनगरमा मा १६, बाण्गंगामा १४ संक्रमित भेटिएका छन । यस्तै जिल्लामा ४ सुरक्षाकर्मी, चार संचारकर्मी, २ महिला स्वास्थयकर्मी, २ जना कर्मचारी, एक जना वडाध्यक्ष समेत संक्रमति भेटिएका छन् । भेटिएका संक्रपमत मध्ये  १५ जनान बाहेक सबै जना भारतबाट आएका र क्वारेन्टीनमा रहेको जिल्ला स्वास्थय कार्यालयका प्रमुख यागेन्दै भगतले बताए ।

‘ भारतबाट फर्ककाहरुमा नै संक्रमण देखिएको छ , उनीहरु क्वारेन्टिनमा टेस्ट गर्दा संक्रमित पुष्टी भएका हुन ’ भगतले भने । यही रफ्तारमा संक्रमित संख्या बृद्धि भए जिल्लमा उक हजारको हाराहारीमा संक्रमति भेटिने अनुमान गरिएको प्रजीअ दीर्घनारायण पौडेलले बताए ।  

‘जिल्ला बिपद ब्यवस्थापन समितिले एक हजार संक्रमित भेटिने अनुमान गरेर पालिकाहरुलाई त्यही अनुसार तयारी अवस्थमा रहन आग्रह गरेका छौ ’ उनले भने । ५ सय आइसोलने बेड रहेको जिल्लामा एक हजार बनाउने गरी पालिकाहरुले तयारी गरेका छन् ।

जिल्लामा अझै ३ हजार ७ सय क्वारेन्टीनमा छन् । जिल्लामा ५ हजार ३२४ जनाको स्वाक संकलन गरिएकोमा अझै १ हजार ३३३ जनाको रिपार्ट आउन बाकी छ । रिपार्ट आउन समेत ढिलाई हुदा क्वारेन्टीनमा बसेकाहरुलाई संझाउन गाहौ परेको कपिलवस्तु नगरपालिकाका स्वास्थय संयोजक उमेश गुप्ताले बताए । दुई देखि तीन हप्ता भन्दा बढी क्वारेन्टाइृनमा बिताई सकेको छन् , पिसिआर रिपार्ट नअउदा गाह्रो परेको उनले गुनासो गरे । जिल्लामा ८ हजार ९८० आरटिडी टेस् भएकोमा एहजार १७२ जना पोजेटि देखिएको स्वास्थय कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए । उता २ महिने, १० महिने बालबालिकासहित महिलाहरु समेत संक्रमित भेटिएका छन । महिला र बालबालिकाहरुकालागि छुट्टै आइसोलने बेड नहुदा समस्या परेको छ । संक्रमित मध्ये २३ जना निको भई घर फर्केका छन् ।

प्रकाशित: २१ जेष्ठ २०७७ ०३:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App