१६ चैत्र २०८० शुक्रबार
समाज

१८औं र १९औं शताब्दीको सुन र चादीको सिक्का फेला

चाँदीका ५२ र सुनका एक सिक्का भेटियो

बाटो खन्नेक्रममा कपिलवस्तुको विजयनगर गाउँपालिकामा १८औं र १९औं शताब्दीका सुन र चाँदीका सिक्का फेला परेका छन्। चाँदी जस्तो देखिने ५२ वटा र सुन जस्तो देखिने एउटा सिक्का फेला परेका हो । गाउँपालिका–७ ढोढरी गाउँदेखि मानपुर जाने बाटो स्तरउन्नतिका लागि जेसीबीले खन्ने क्रममा माटोको भुडकीमा राखिएको चाँदी र सुन जस्तो देखिने सिक्का पैसा फेला परेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले बताए ।  

बाटो खन्दा माटोका भुडकी फुटे पछि त्यही सिक्का देखिएको थियो । फेला परेको चाँदीको सिक्का १ सय ४१ बर्ष पुरोनो र सुनको एक सय १० बर्ष पुराना भएको बताउँछन्। चादीका सिक्का सन १८७९ का रहेको र त्यसमा भिक्टारिया र वन रुपी लेखिएका छन्। यस्तै सुनका सन १९१० का डि.जी ब्रिटीस लेखिएको छ । बाटो खन्दा ३ दिनदेखि स्थानीयले अवरोध गरको थिए । वडाध्यक्ष दिनेश कुमार चौधरीको पहलमा नापी लगाई विबाद समाधान गरी सोही स्थानबाट बाटो खन्ने क्रममा सिक्का भेटिएको थियो ।  

बाटो खन्ने क्रममा स्थानीय ढोढरी निवासी सन्त कुमार कुर्मी (लालमन) को जग्गामा पैसा फेला परेको हो । उक्त सिक्काहरू कुर्मीका बाजेले माटोमा गाडेर राखेको हुन सक्ने वडाध्यक्ष दिनेश कुमार चौधरीले बताए । फेला परेका सिक्का अनुसन्धानका लागि पुरातत्व विभागलाई हस्तान्तरण गरिने प्रहरी निरक्षिक नेपालले बताए । पुरातत्व बिभागका प्रमुख पुरातत्व अधिकृत राम बहादुर कुवरले १८ औं र १९ औ शताब्दीको प्राचीन सिक्का फेला पर्नु कपिलवस्तुका लागि राम्रो कुरा भएको बताए । उनले फेला परेको सिक्का कपिलवस्तु संग्रहालयमा राखिने बताए ।

प्रकाशित: २० जेष्ठ २०७७ २०:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App