coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

‘नयाँं सहर बनाउन एक इन्च पनि भूमि दिन्नौं’

काठमाडौं उपत्यका नगरपालिकाहरूको संगठन उपत्यका नगरपालिका संघका महासचिव एवं मध्यपुर थिमि नगरपालिका भक्तपुरका मेयर मदनसुन्दर श्रेष्ठले काठमाडौं उपत्यकाका चार ठाउँंमा नयाँं सहर बनाउन नदिने बताएका छन् । संघीय सरकारले उपत्यकाका नगरपालिकाहरूसँंग समन्वय नगरी काठमाडौं प्राधिकरणमार्फत चार सहर बनाउन लागिएकोप्रति उनले असन्तुष्टि प्रकट गरे ।

‘हामी उपत्यकामा चार सहर निर्माणको विरोध गर्ने पक्षमा छैनौं,’ मंगलबार भक्तपुरमा भएको एक कार्यक्रममा उनले भने, ‘तर काठमाडौं उपत्यका विकास प्राधीकरणमार्फत भने गर्न दिँदैनौं ।’ उपत्यकामा चार नयाँ सहर बनाउने योजना विफल भए त्यसको दोष आफूहरूमाथि नथोपर्न पनि उनले चेतावनी दिए ।  

२०४५ सालको ऐनमा टेकेर अस्तित्वमा रहेको डा. भाइकाजी तिवारी प्रमुख रहेको काठमाडौ उपत्यका विकास प्राधिकरण उपयुक्त नरहेको उनको भनाइ छ । त्यसकारण काठमाडौं उपत्यकाका नगरपालिकाहरूसँंगको समन्वय सहकार्यमा मात्रै उपत्यकाभित्रको नयाँं सहर बनाउन दिने उनको भनाइ छ । ‘हामीसँंग समन्वय नगरी बनाइने नयाँं सहरका लागि एक इन्च भूमि पनि दिन तयार छैनौं,’ उनले भने । नगरपालिका संघ अगाडिदेखि नै भाइकाजी र उनले नेतृत्व गर्दै आएको काठमाडौं उपत्यका विकास प्राधीकरणप्रति रुष्ट छ ।  

सरकारले २०७७/७८ को बजेट वक्तव्यमार्फत उपत्यकाका विभिन्न चार ठाउँंमा नयाँं सहरको विकास गर्ने योजना अघि सारेको छ । काठमाडौं उपत्यकामा दुई महानगरपालिका र विभिन्न नगरपालिका छन् । यहाँं काठमाडौं र ललितपुर महानगरपालिका, भक्तपुर, कीर्तिपुर र मध्यपुर थिमी पुरानासहित विभिन्न नयाँ नगरपालिका छन् ।

प्रकाशित: २० जेष्ठ २०७७ २३:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App