१६ चैत्र २०८० शुक्रबार
समाज

झापाको क्वारेन्टिनमा बसेका पाँचथरका एक जनाको रिपोर्ट पोजेटिभ

झापाको बुद्दशान्ती गाउँपालिकाको क्वारेन्टिनमा बसेका पाँचथरका एक युवकको कोरोना पाजेटिभ देखिएको छ । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पिसिआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ देखिएको १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।  

उनी केहि दिन अगाडी भारतबाट आएका थिए । उनलाई बुद्ध आदर्श माविको क्वारेन्टिनमा राखिएको थियो । २० वर्षिय युवकलाई कोरोना पोजेटिभ देखिएको छ ।

उनीसँगै उक्त क्वारेन्टिनका पाँच जनामा पोजेटिभ देखिएको हो । जसमा झापाको एक र ताप्लेजुङका तीन जना रहेका छन् । ताप्लेजुङका दुई जनानै १८ वर्षिय र झापाका ३० वर्षिय रहेका छन् ।

प्रकाशित: २० जेष्ठ २०७७ १५:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App