coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सुर्खेतमा बुधबारदेखि पसल खोल्ने संघको निर्णय

सुर्खेत उद्योग वाणिज्य संघले बुधबारदेखि पसल सञ्चालन गर्ने निर्णय गरेको छ। लामो समयको बन्दाबन्दी (लकडाउन) का कारण व्यापार व्यवसाय सञ्चालन नहुँदा ब्याज तिर्न पनि समस्या भएको भन्दै सबै पसलहरु सञ्चालन गर्ने निर्णय गरिएको महासचिव लक्ष्मण कँडेलले जानकारी दिए। ‘सरकारले २५ गतेभित्र कर तिर्न उर्दी जारी गरेको छ,’ महासचिव कँडेलले भने, ‘व्यापार–व्यवसाय सञ्चालन नगरेर कर तिर्न नसक्ने भएकाले बुधबारदेखि पसल सञ्चालनको निर्णय गरेका हौं।’ संघले सम्पूर्ण स्वास्थ्य सुरक्षा सावधानी अपनाउँदै पसल सञ्चालन गर्ने निर्णय गरेको हो। संघले विज्ञप्तिमार्फत सरकारले व्यवसायीहरुको पीडालाई बुझ्न नसकेको र आगामी आर्थिक वर्षको बजेटमा समेत राहतको प्याकेज नदिएकाले ‘बाध्यात्मक परिस्थितिलाई’ मध्यनजर गरेर पसल खोल्ने निर्णय गरेको उल्लेख छ।

‘राज्यले पनि सहयोग नगर्दा निजी क्षेत्र विकल्पविहिन बनेको छ, अव पनि लकडाउन थेक्न सक्ने अवस्था रहेन्,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सुरक्षा सावधानी अपनाउँदै पूर्णरुपमा पसलहरु सञ्चालनमा ल्याउँछौं।’  

संघले जारी गरेको विज्ञप्तिमा बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म सम्पूर्ण पसलहरु सञ्चालन गर्ने उल्लेख छ। यस्तै फलफुल, तरकारी, डेरी, ग्याँस पसलहरु बिहान पाँच बजेदेखि नौ बजेसम्म र साँझ पाँच बजेदेखि आठ बजेसम्म खोल्ने विज्ञप्तिमा उल्लेख छ।

 

प्रकाशित: २० जेष्ठ २०७७ १५:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App