coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पाँच दिनमै कोरोना संक्रमण दोब्बर

एक सातादेखि तीब्ररुपमा बृद्धि भइरहेको कोरोना संक्रमण मंगलबार  पाँच दिनमै दोब्बर वृद्धि भएको छ। मंगलबार चौविस घण्टामै २ सय ८८ जना नयाँ संक्रमित थपिएका छन्। नयाँ संक्रमितसंगै कुल संक्रमितको संख्या  २ हजार ९९ सय पुगेको छ।  

तथ्याकं अनुसार यस अघि जेठ १९ मा  १८ सय ११ जना संक्रमित थिए। सोमबार अर्थात जेठ १८ गते  १७ सय ७८ जना थिए। जेठ १७ गेत १४ सय १ जना संक्रमित थिए भने जेठ १६ गते १२ सय १२ जना संक्रमित थिए। जेठ पन्ध्र गते १ हजार ४२ जना मात्र संक्रमित थिए।    

मंगलबार अर्थात् जेठ २० गते एकै दिनमा २ सय ८८ जनामा पोजिटिभ देखिएपछि पाँच दिनभित्रको अवधिमा कुल संख्या दोब्बर पुगेको हो।  यस अघि सोमबार एकै दिन २ सय ३९ जनामा संक्रमण भएको थियो।  

कुल संक्रमित मध्येमा यी मध्येमा १९ सय ४९ जना पुरुष र १ सय ५० जना महिला रहेका छन्। मंगलबार थप एक जिल्ला पर्वतमा संक्रमित देखिएसंगै कोरोना संक्रमण ६१ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  

नयाँ संक्रमित मध्येमा रौतहतमा ३८ जना, स्याङ्गजामा ५, पर्वतमा ५ जना, सप्तरीमा १ जना, वर्दियामा ३ जना, वांकेका १७ जना, सुर्खेतमा २७ जना, दैलेखमा ९,सल्यानमा १८ जना, अछाममा १० जना छन्। त्यसै गरी वारामा १, दाङमा १७, प्युठानमा ५९ ,कंचनपुरमा ८,कैलालीमा १० जना, धुनषामा ६ जना, महोत्तरीमा २ जना छन्।  

संक्रमित हुने अन्यहरुमा  रौतहतमा ३६ जना, सर्लाहीम २१,सिराहामा १७, भक्तपुरमा १, धार्दिङमा १, कपिलवस्तुमा ३, काठमाडौं मेडिकल कलजेका ४ जना स्वास्थ्यकर्मी, नवलपरासी पुर्वका १, नवलपरासी पश्चिममा १ , नुवाकोटमा २,रुपन्देहीमा  १० जना छन्।

यो अवधिमा भारतवाट लाखौंको संख्यामा नेपाल प्रवेश गरेको र उनीहरुलाई क्वारेनटाइनमा राखिएकैहरुको परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए। ‘ अन्यको तुलनामा संक्रमण भारतवाट आएर क्वारेनटाइनमै रहनेहरुमा बढी देखिन्छ’ उनले भने। यसको साथै सरकारले पछिल्लो समय पिसिआर परीक्षणको दायरा बढाएकोले पनि संक्रमित बढी भेटिएका हुन्।  

यो वाहेक भारतवाट एकै पटक लाखौंको संख्यामा नेपाल आएपछि निर्माण गरिएका क्वारेटाइन व्यवस्थित नहुँदा पनि आपसमै तीब्र रुपमा संक्रमण फैलिएको हुन सक्ने डा. देवकोटा स्वीकार्छन्। ‘ क्वारेनटाइनको व्यवस्था गर्ने जिम्मा स्थानीय र प्रदेश सरकारको हो, क्वारेनटाइन गुणस्तर हुनु पर्छ हुनु पर्छ’ उनले भने। क्वारेनटाइनलाई व्यवस्थित बनाउनको लागि सुरक्षा निकाय,प्रदेश सरकार, स्थानीय सरकारको आपसी भूमिकाले मात्र सम्भव हुने उनको सुझाव छ।

हाल देशभरिमा १८ सय २५ जना आइसोलेशनमा रही उपचारमा छन् भने देशभरिमा गरी १ लाख ४५ हजार ३ सय ७५ जना क्वारेनटाइनमा रहेका छन्। कुल संक्रमित मध्येमा ८ जनाको मृत्यु भएको छ भने निको हुनेको संख्या २ सय ६६ पुगेको छ। मंगलवार थप ४५ जना निको भएर डिस्चार्ज भएका हुन्। डिस्चार्ज हुनेहरुमा शिक्षण अस्पताल महाराजगंजवाट १, गुल्मी जिल्ला अस्पतालवाट १, भिम अस्पताल भैरहवावाट २५ जना,विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानवाट १८ जना छन्। उनीहरु ११ देखि २१ दिनको अवधिभित्र डिस्चार्ज भएका हुन्।  

संक्रमितहरु मध्येमा प्रदेश एकमा १ सय ६८ जना, प्रदेश २ मा ८ सय १६ जना, वाग्मती प्रदेशमा ५४ जना, गण्डकीमा ३७, प्रदेश ५ मा ६ सय ९९, कर्णाली प्रदेशमा २ सय ५२ जना र सुदुरपश्चिममा ७३ जना छन्।

 

प्रकाशित: २० जेष्ठ २०७७ १५:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App