७ वैशाख २०८१ शुक्रबार
समाज

दुई लाख घुस सहित सहायक बन अधिकृत अख्तियारको नियन्त्रणमा

अख्तियार दूरुपयोग अनुसन्धान आयोगको टोलीले डिभिजन बन कार्यालय ताप्लेजुङका २ जना सहायक अधिकृतलाई घुस लिँदा लिँदै नियन्त्रणमा लिएको छ।  

अख्तियारको नियन्त्रणमा पर्नेमा सहायक बन अधिकृतद्धय वीरेन्द्र साह र जीवनकुमार यादव रहेका छन्। सेवाग्राहीसंग सेतक चीनीको छोडपूर्जीमा १–१ लाख रुपैंया अनाधिकृत रकम लिएको भन्दै अख्तियारको ईटहरीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको बताईएको छ। उनीहरुलाई कार्यालयमै नियन्त्रणमा लिएको स्रोतले बताएको छ। प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले अख्तियारको टोलीले आफुहरुलाई पनि प्रतिनिधि पठाईदिनु भनी अनुरोध गरेकोले प्रतिनिधि पठाएको र अरु थप घटना बारे जानकारी नआएको बताए।

 

प्रकाशित: २० जेष्ठ २०७७ १३:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App