७ वैशाख २०८१ शुक्रबार
समाज

वडा अध्यक्षलाई कोरोना संक्रमण

दाङका एक जनप्रतिनिधिलाई कोरोना संक्रमण पुष्टि भएको छ । दाङको बंगलाचुली गाउँपालिकाका एक वडा अध्यक्षलाई कोरोना पुष्टि भएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको स्वाब परीक्षणका क्रममा मंगलवार ५४ वर्षीय उनलाई कोरोना पुष्टि भएको बंगलाचुली गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाका अनुसार ति वडा अध्यक्ष भारतबाट आएका नागरिकहरुको व्यवस्थापनमा खटिदै आएका थिए । उनै भारतीय नागरिकको सम्पर्कका कारण वडा अध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको आशंका गरिएको छ । वडा अध्यक्षले भारतबाट आई क्वारेन्टिनमा बसेका नागरिकहरुसंगै क्वारेन्टिनभित्र अस्थायी संरचना निर्माणमा खटिएका थिए । ‘भारतका विभिन्न स्थानबाट आई क्वारेन्टिनमा बसेकाहरुसंगको सम्पर्कका आधारमा उहाँमा कोरोना संक्रमण पुष्टि भएको आशंका गरिएको हो,’ गाउँपालिका स्रोतले भन्यो ‘उहाँले तिनै नागरिकहरुसंग क्वारेन्टिनमा अस्थायी शौचालय लगाएत निर्माणको काम उहाँले संगै गर्नुभएको थियो ।’ 

वडा अध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिका भित्र त्रास बढेको छ । ‘उहाँ घर परिवार गाउँसमाजमा पनि घुलमिल हुनु भयो,’ स्रोतले भन्यो ‘जनप्रतिनिधि भएका कारण उहाँको सम्पर्क निकै भयो पनि, यसर्थ गाउँपालिकामा संक्रमण फैलन सक्ने खतरा र त्रास बढेको छ ।’ अँझ बढि उनि संगै काम गरेका स्वास्थ्य क्षेत्रका कर्मचारीहरु बढि त्रस्त बनेका छन् । 

उनि संग सम्पर्कमा आएका कर्मचारी तथा परिवारका सदस्य एबं स्थानीयहरुको स्वाब परिक्षणको तयारी थालिएको छ । कोरोना पुष्टि भएका वडा अध्यक्षलाई गाउँपालिकामै आईसोलेसन तयार पारेर राखिएको छ । यि वडा अध्यक्ष सहित दाङमा मंगलवार ८ जनामा कोरोना पुष्टि भएको छ ।

प्रकाशित: २० जेष्ठ २०७७ १३:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App