४ वैशाख २०८१ मंगलबार
समाज

थप ७४ जनामा कोरोनाको संक्रमण, संक्रमितको संख्या ३१०

रौतहटमा मंगलबार थप ७४ जनामा कोरोनाको संक्रमण देखा परेको छ । यमुनामाई गाउपालीकामा ३ जना, दुर्गा भगवती गाउपालीकामा १४ जना, राजपुर नगरपालीकामा २१ जना, गढीमाई नगरपालीकामा १ जना, परोहा नगरपालीकामा ४ जना, राजदेवी नगरपालीकामा १८ जना र सदरमुकाम गौर नगरपालीकामा १३ जना गरी जम्मा ७४ जनामा संक्रमण देखा परेको हो । संक्रमित सवैजना भारतबाट आएका हुन् । संक्रमित सवैको स्वास्थ्य अवस्था समान्य रहेको र कुनैपनि संक्रमितमा कुनै किसिमको लक्ष्ण देखा परेको छैन् । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ३१० पुगेको जिल्ला जन स्वास्थ्य प्रमुख महेश साहले बताएका छन् ।  

यसैगरी रौतहटको माधवनारायण नगरपालिकाको माध्यमिक विद्यालयमा राखिएको क्वारेन्टिनको दोश्रो तल्लाबाट खसेर एक युवक गम्भिर घाइते भएका छन् । वडा नम्बर ८ रजवाडा टोलका १७ बर्षिय मह्मद अस्ताफ नट क्वारेन्टिनको दोश्रो तल्लाको छतबाट खसेर गम्चिर घाइते भएका छन् ।  

उनी भारतको मुम्बइबाट गत पाच दिन अघि गौर नकाहुदै घर आएका थिए । मुम्बईबाट आए लगतै प्रशासनले माधवनारायणको क्वारेन्टिनमा राखेको थियो । घर परिवार सँग मोवाइलमा कुरा गर्दागर्दै छतबाट तल खसेर उनि अचेत भएका थिए । गम्भिर अवस्थामा उनको उपचारको लागि बीरगंज स्थित न्युरो अस्पतालमा पुर्याइएको स्वास्थ्य संयोजक प्रमोद साहले बताएका छन् । वीरगंज न्युरो अस्पतालमा नटको आरडिटी नेगेटिभ भेटिएको संयोजक साहले बताए ।

यता रौतहटको क्वारेन्टिनमा भारतबाट आउनेको संख्या दिनदिनै बढदै गएको छ । भारतबाट मान्छेहरू नेपालतर्फ आउन थालेपछि क्वारेन्टिनमा मान्छेको संख्या बढन थालेको छ । भारतमा लामो समयदेखी कामको सिलसिलामा घेरिएर बसेकाहरू आउन थालेपछि जिल्लाको क्वारेन्टिनहरू भरि भराउ छन् । जिल्लाको विभिन्न २६ वटा क्वारेन्टिनमा बस्नेको संख्या करिब साढे ६ हजार पुगेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको  छ ।  

क्वारेन्टिनमा बढ्दो चापलाई विचार गर्दै पाँच सय बेडको आइसोलेसन निर्माणको गृहकार्य भइरहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । जिल्लामा हाल १७५ बेडको आइसोलन बेड रहेको छ । आइसोलेसनमा ३ महिलासहित १२० पुरुष रहेका छन् ।

जिल्लाका आठ सय ५७ जना क्वारेन्टिन बाट घर फर्किएका छन । रौतहटमा १६ सय १८ जनाको स्वाब संकलन गरीएको छ । ति मध्ये पाच सय बढीको रिर्पोट आउन बाकी रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित: २० जेष्ठ २०७७ ०९:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App