८ वैशाख २०८१ शनिबार
समाज

कर्णालीमा कोरोना संक्रमितको संख्या २ सय ५० पुग्यो

अछामका नौ जनामा कोरोना पुष्टि

कर्णालीमा कोरोना संक्रमितको संख्या दुई सय ५० पुगेको छ । मंगलबार कर्णाली प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा थप २० जनामा कोरोना पुष्टि भएको हो ।  

सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार पीसीआर परीक्षणका क्रममा सुर्खेतका ११ र सल्यानका ९ जनामा कोरोना पुष्टि भएको हो ।  

डा. तिवारीका अनुसार वीरेन्द्रनगर नगरपालिका–१ का १७, १८, २१, २३, ३०, ३२, ५० र १७ वर्षका पुरुष, वीरेन्द्रनगर–३ का १४, २७ र ३३ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । यस्तै सल्यानको दार्मा गाउँपालिका–१ का ३९ वर्षका पुरुष, वडा नं. २ का ३६ र ४८ वर्षका पुरुष, वडा नं. ३ का ३५ र ३९ वर्षका पुरुष, वडा नं. ४ का ३८, ४०, ४० र ५० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।  

अछामका ९ जनामा कोरोना
कर्णाली प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणका क्रममा सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाका ९ जनामा कोरोना पुष्टि भएको हो । अछामबाट ल्याइएका स्वाम्पल मध्ये पीसीआर परीक्षण गर्दा नौ जनामा कोरोना पुष्टि भएको डा. तिवारीले जानकारी दिए । उनका अनुसार अछाम जिल्लाको मेल्लेख गाउँपालिका–४ का २२, २४, २७, २९, ३५  र ४० वर्षका पुरुष, २७ र ३० वर्षका महिलाका साथै अछामकै मंगलसेन नगरपालिका–४ का २३ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । 

प्रकाशित: २० जेष्ठ २०७७ ०७:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App