coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

क्वारेन्टिनमा योग र प्रवचन

जिल्ला समन्वय समितिमा रहेको क्वारेन्टिनमा योग सिकइँदै । तस्बिर:नागरिक

कोरोना भाइरसको संक्रमण फैलन नदिन क्वारेन्टिमा बसेकाहरुलाई मनोसामाजिक परामर्शसहित योग सिकाउन थालिएको छ । जिल्ला समन्वय समितिको भवनमा सञ्चालनमा ल्याइएको क्वारेन्टिनबाट सोमबारदेखि योगा सिकाउन थालिएको हो ।  

जिल्लामा रहेका तीन क्षेत्रीयसहित सबै क्वरेन्टिनमा मरामर्शसहितको योगा क्रमशः बिस्तार गरिने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । ‘क्वारेन्टिनमा बसेकाहरुको तनाब घटाउन र रोगप्रतिरोधी क्षमता बढाउन यो उपाय अपनाइएको हो,’ उनले भने । जिससको क्वारेन्टिनमा भक्तपुरबाट झिकाइएका योगगुरु रामदेवका अनुयायीले मनोसामाजिक परामर्श (प्रवचन)सहित योग सिकाइरहेका छन् ।  

जिल्ला कोभिड–१९ बिपद् व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले क्वारेन्टिमा रहेकाहरुको तनाव व्यवस्थापन गर्ने उपाय सुझाउन आयुर्वेद अस्पतालका चिकित्सकको संयोजकत्वमा उपसमिति बनाएको थियो । समितिले तनाव घटाउन मनोसामाजिक परामर्श दिनु पर्ने, योगा सिकाउनु पर्ने, आयुर्वेदिक औषधी खुवाउनु पर्नेलगायत उपाय सुझाउँदै कार्यविधि नै बनाएको छ । ‘यी उपाय अपनाउँदा रोगप्रतिरोधी क्षमतामै बृद्धि आउँछ,’ कार्यविधिमा उल्लेख छ ।  

यो कार्यविधि डिसिसिएमसीबाट स्वीकृत भइ कार्यान्वयमा आइसकेको प्रजिअ ढकालले जानकारी दिए । उनका अनुसार प्रवचन र योगले क्वारेन्टिमा समय कटाउनसमेत सघाउने विश्वास गरिएको छ । ‘विभिन्न उपायद्धारा क्वारेन्टिमा बसेकाहरुलाई व्यस्त बनाउँछौँ,’ उनले भने । मेलचौर, पांग्रेटार र मेलम्चीमा रहेका क्षेत्रीय क्वारेन्टिमा तत्काल प्रवचन र योग सुरु गरिने उनले बताए ।  

जिल्लाका विभिन्न स्थानमा रहेका क्वारेन्टिमा पाँच सय ५३ शैया क्षमता छ । हाल ९५ जना क्वारेन्टिनमा राखिएका छन् । हालसम्म क्वारेन्टिनमा तीन सय ३० जना बसिसकेको स्वास्थ्य कार्यालयको तथ्यांक छ ।

प्रकाशित: १९ जेष्ठ २०७७ १३:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App