६ वैशाख २०८१ बिहीबार
समाज

कोरोना विरुद्धको कोषमा जापानबाट राईको एक लाख सहयोग

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस विरुद्धको कोषमा एकजना दाताबाट एक लाख रुपैयाँ सहयोग जम्मा भएको छ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम चुमाखु घर भइ हाल जापानको टोक्यो बिश्वविद्यालयमा विद्याावारिधि गरिरहेका शरद राईले नगरपालिकाले स्थापना गरेको नगरस्तरिय विपद व्यवस्थापन कोषमा एक लाख रुपैयाँ रकम जम्मा गरिदिएका हुन् । विद्यावारिधि गरिरहेका राईले नगरस्तरीय विपद व्यवस्थापन कोषको नाममा माछापुच्छ्रे बैंकको हलेसी शाखामा खोलिएको खातामा रकम जम्मा गरिदिएको नगरपालिकाका मेयर इवन राईले बताए ।  

विषम घडीमा देश बाहिर रहे पनि नगरपालिकाको विपद व्यवस्थापन कोषमार्फत गाउँको सेवा गर्ने मनसायले सहयोग रकम जम्मा गरेको शरदले मेयर राई र उपमेयर बिमला राईको नाममा पठाएको पत्रमा उल्लेख छ । ‘नगरपालिकामा कोभिड–१९ फैलिएको दुःखद समाचार पढेपछि देश बाहिर रहेका हजारौं साथीहरुलाई जस्तै मलाई पनि चिन्तित बनाएको छ,’ पत्रमा भनिएको छ, ‘मन त आफै गाउँ फर्केर तपाईसँगै यस विषम घडीमा आफ्नो दाजुभाईको सेवा गरौं भन्छ, तर आफ्नो पढाईको कारणले सम्भव छैन । त्यसैले देशबाहिरबाट कोषमा सहयोग गरी आफ्नो गाउँको सेवा गर्ने मौका दिनु भएकामा धन्यवाद ।’  

कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि सचेतनामुलक गतिविधि सञ्चालन गर्न, आवश्यक जनशक्ती परिचालन गर्न, उद्धार तथा सहयोगका सामग्री जुटाउने लगायतका प्रयोजनका लागि सहयोग जुटाउन नगरपालिकाले नगरस्तरीय विपद व्यवस्थापन कोषको नाममा माछापुच्छ्रे बैंकको हलेसी शाखामा ७७०१५२४६५०९१७०६३ नम्बरको खाता खोलेको छ । कोरोना भाइरसबाट ‘बच्ने र बचाउने’ अभियानका लागि आवश्यक सहयोग गरेर संकटमा हातेमालो गर्नका लागि आव्हान गरेपछि हाल व्यक्तिगत तथा संस्थागतरुपमा सहयोग जुटिरहेको मेयर राईले बताए ।  

नगरपालिकाको विपद व्यवस्थापन कोष खडा गरेको छ । कोरोना भाइरसबाट ‘बच्ने र बचाउने’ अभियानका लागि आवश्यक सहयोग जुटाउन नगरपालिकाले नगरस्तरीय विपद व्यवस्थापन कोषको नाममा माछापुच्छ्रे बैंकको हलेसी शाखामा ७७०१५२४६५०९१७०६३ नम्बरको खाता खोलेको छ । नगरपालिकाले नगरस्तरिय विपद व्यवस्थापन कोषमा सहयोग गर्न र संकटमा हातेमालो गर्नका लागि आव्हान गरिरहेको छ । हाल विपद व्यवस्थापन कोषमा सहयोग जुट्नेक्रम जारी रहेको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताए । 

प्रकाशित: १९ जेष्ठ २०७७ १०:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App