coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रदेश १ सरकारलाई तिब्बतले दियो ८ करोड रुपैयाँको मेडिकल सामग्री

तिब्बत सरकारले प्रदेश १ को सरकारलाई करिब ८ करोड रुपैयाँको मेडिकल सामाग्री हस्तान्तरण गरेको छ । सोमबार विराटनगरमा नेपाल चीन कार्यकारी परिषद् मार्फत ७ करोड ७३ लाख रुपैयाँ बराबरको मेडिकल सामाग्री हस्तान्तरण गरेको हो ।  

तिब्बत सरकारले पीसीआर टेष्टिङ मेशिन २ थान, आरडिटी किट १ हजार थान, स्वाब स्टिक १ हजार थान, भीटीएम भायल्स १ हजार थान हस्तान्त्रण गरेको छ । यस्तै ३ थान भेन्टिलेटर, पीपीइ सेट ५ हजार, एन नाइटिन मास्क ५ हजार, सर्जिकल मास्क २ हजार, सर्जीकल ग्लोव्स १ हजार, सर्जिकल फेस साइल्डस २ हजार ५ सय थान हस्तान्तरण गरेको छ ।

यस्तै युएस्जी पोर्टेवल मेशिन १ थान, एक्सरे पोर्टेवल मेशिन १ थान, आइआर थर्मोमिटर २ सय थान र ह्याण्ड सेनिटाइजर १ हजार थान हस्तान्तरण गरेको छ । तिब्बत सरकारबाट प्राप्त सामाग्रीहरू नेपाल चीन कार्यकारी परिषद्का प्रदेश १ संयोजक मुकेश उपाध्यायले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेका थिए । तिब्बत सरकारबाट प्राप्त भएको मेडिकल सामाग्रीहरू कोरोनाको माहामारी रोकथाम, उपचार र परिक्षणमा प्रभावकारी रुपमा उपयोग गरिने प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताए ।  

कार्यक्रममा नेपाल चीन कार्यकारी परिषद् प्रदेश १ का संयोजक मुकेश उपाध्यायले कोरोना महामारी नियन्णमा सहयोग पुर्‍याउने उद्देश्यले तिब्बत सरकारले प्रदेश १ को सरकारलाई मेडिकल सामाग्री सहयोग गरेको जानकारी दिए । 

प्रकाशित: १९ जेष्ठ २०७७ ०७:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App