७ वैशाख २०८१ शुक्रबार
समाज

कर्णालीमा कोरोना संक्रमित १६६ पुगे

कर्णालीमा दुई जना प्रहरीसहित कोरोना संक्रमितको संख्या एक सय ६६ पुगेको छ। पछिल्लो २४ घण्टामा कर्णालीमा थप ४३ जनामा कोरोना देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। नयाँ संक्रमित मध्ये जुम्लाका १९ र दैलेखका २४ जना छन्।

जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत दुई जना प्रहरीमा संक्रमण देखिएसँगै कोरोना समुदायमा पुगेको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित प्रयोगशाला संयोजक विवेक पुनले आइतबार राति गरिएको पीसीआर परीक्षणका क्रममा जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत दुई जना प्रहरी जवानसहित ४३ जनामा कोरोना पुष्टि भएको बताए। ‘यसअघि गरिएका परीक्षणमा भारतबाट आएका नागरिकहरुमा मात्रै कोरोना संक्रमण देखिएको थियो,’ पुनले भने, ‘प्रहरीमा देखिएसँगै कोरोना संक्रमण अव समुदायमा फैलिएको छ।’  

प्रयोगशाला संयोजक पुनका अनुसार जुम्लाको हिमा गाउँपालिका वडा नं. १, ५, ६ र ७ वडाका ८ जना र सिंजा गाउँपालिका वडा ३, ४, ५, र ६ का ९ जना पुरुष छन्। यस्तै दैलेखका २४ जना नयाँ संक्रमितमध्ये नारायण नगरपालिका वडा नं. २, ४, ५ र ९ का १७ पुरुष छन्। दुल्लु नगरपालिका वडा नं. ८ र १२ का ७ जना संक्रमित पुष्टि भएका छन्। कर्णालीको दैलेखमा सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन्। हालसम्म दैलेखमा संक्रमितको संख्या ७२ पुगेको छ भने एक जनाको मृत्यु भएको छ।

 

प्रकाशित: १९ जेष्ठ २०७७ ०५:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App