८ वैशाख २०८१ शनिबार
समाज

बाँकेमा गाडी दुर्घटना: ११ जनाको मृत्यु, २२ घाइते

बाँकेको राप्तीसोनारी २ स्थित पूर्बपश्चिम राजमार्गको मुगुवा खोला नजिक दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि  अन्य २२ जना घाइते भएका छन । भारतबाट नेपाल प्रवेश गरेका ब्यक्तिलाई लिएर नेपालगन्जबाट  सल्यान जाँदै गरेको ना ५ छ ५९९५ को फोर्स गाडी राती १२ बजेतिर ट्रकसंग ठोक्किएर दुर्घटनामा परेको हो ।

 दुर्घटनामा ११ जनाको मृत्यु भएको र २२ जना घाइते भएको बाकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले जानकारी दिए । घाइते सबैको भेरी अस्पतालमा उपचार भैरहेको छ ।

प्रकाशित: १९ जेष्ठ २०७७ ०१:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App