coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सकियो च्याम्हासिंह प्रवेशद्वार पुनर्निर्माण

प्रवेशद्वारका तस्बिर । तस्बिर : नागरिक

पूर्वी नाकाबाट भक्तपुर नगर प्रवेश गर्ने प्रमुख च्याम्हासिंह प्रवेशद्वारको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । भक्तपुर नगरपालिका–९ स्थित प्रवेशद्वारको छाना छाउने काम सम्पन्न भएसँगै प्रवेशद्वार पुनर्निर्माण कार्य सम्पन्न भएको हो । २०७२ सालको महाभूकम्पबाट प्रवेशद्वार भत्केको थियो ।

प्रवेशद्वार पुनर्निर्माण गर्न २०७३ सालमा उपभोक्ता समितिको गठन भई निर्माण कार्य अगाडि बढेको थियो । तर, महाभूकम्पबाट भत्केका भित्री निजी घरहरूको पुनर्निर्माण नसकी सो प्रवेशद्वारको निर्माण गर्दा धेरैलाई अप्ठ्यारो पर्ने भएकाले पुनर्निर्माण ढिलै सुरु भएको थियो ।  

छाना छाउने कार्यमा टोलबासीहरू उत्साहित भएर जनश्रमदानमा जुटेका थिए । पुनर्निर्माण कार्यको लागत इस्टिमेट ३९ लाख रुपैयाँ रहेको उपभोक्ता समितिका अध्यक्ष गंगाराम ज्याख्वले जानकारी दिए । पुरातत्वका अनुसार ढलानको प्रयोग नगरी भित्री चार–चारवटा काठे पिलर, तान र चौकाको प्रयोग गरिएको थियो । प्रवेशद्वार पक्की भई बलियो हुने अनुगमनकर्ताहरूको भनाइ छ ।

लकडाउनको समयमा छाना छाउने कार्य हुँदा केही असहज अनुभव गरे पनि उक्त कार्य पूरा गरेको कामदारहरू बताउँछन् । काठ, दाची अपा (विशेष प्रकारको इँटा), बुट्टेदार काठ तथा इँटाको प्रयोगले परम्परागत शैलीबाटै प्रवेशद्वारको पुनर्निर्माण गरिएको हो ।  

भक्तपुर नगर प्रवेश गर्ने यस्ता १४ वटा नाका छन् । यी नाकामा नगरपालिकाले यसरी नै आकर्षक प्रवेशद्वार बनाएको छ । यी नाकामा काउन्टर राखी नगरपालिकाले नगर प्रवेश गर्ने पर्यटकहरूसँँग प्रवेश शुल्क उठाउँदै आएको छ ।

प्रकाशित: १९ जेष्ठ २०७७ ०१:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App