coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

फेनरा नाकामा सशस्त्रको हवाईफायर

भारतीय समूहले आक्रमण गरेपछि सर्लाहीको विष्णु गाउँपालिकास्थित भारतीय सीमावर्ती पकडी–फेनरा नाकामा खटिएको सशस्त्र प्रहरी बलको एक टोलीले आइतबार गोली चलाएको छ ।

आइतबार बिहान सीमापारिबाट आएको ४०/५० जनाको समूहले आक्रमणसहित हतियार खोस्ने प्रयास गरेपछि विष्णु गाउँपालिका–५ फेनरा बजारस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट–पोस्टको टोलीले एक राउन्ड हवाईफायर गरेको हो ।

भिडले बल प्रयोगसहित आक्रमण नै गर्ने तयारी गर्नेबित्तिकै सुरक्षाकर्मीले हवाईफायर गरेका कारण भिड तितरबितर भएको र थप ठूलो घटना हुन नपाएको सशस्त्र प्रहरी स्रोतले जनायो ।

भारतबाट विभिन्न सामानहरू नेपालतर्फ ओसारपसार गर्ने समूहको उक्साहटमा गाउँलेहरू नै सशस्त्र प्रहरीमाथि आक्रमणमा उत्रिएको स्थानीय बासिन्दाले बताएका छन् । सशस्त्र प्रहरीले नेपालतर्फ सामान ओसार्ने काम रोकेपछि केही भारतीय नागरिकले मुढा बजारलगायत सीमावर्ती भारतीय गाउँका बासिन्दालाई आफूहरूमाथि सशस्त्र प्रहरीले दुव्र्यवहार गरेको भन्दै गाउँलेलाई उकासेर आक्रमणमा उतारेको एक स्थानीयले बताए ।

तत्काल हवाईफायर गरेर भिड तितरबितर पारिएको र बिहानैबाट घटनास्थल शान्तिपूर्ण एवं सुरक्षाकर्मीको नियन्त्रणमा रहेको सशस्त्र प्रहरी बल १० नम्बर गण कविलासीका प्रमुख (सशस्त्र प्रहरी उपरीक्षक) गंगाराम श्रेष्ठले जानकारी दिए । स्थिति केहीबेर असहज बने पनि घटनालाई तत्काल नियन्त्रणमा लिइएको श्रेष्ठको भनाइ छ ।

सिमरा–फेनरा नाकामा दसगजाबीचमा गाडिएको सीमास्तम्भमै टाँसेर दुवै देशका नागरिकद्वारा घर–टहरा निर्माण गरिएको छ । ती घर–टहराहरूमा पसलसमेत खोलिएका छन् ।

प्रकाशित: १८ जेष्ठ २०७७ १९:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App