१६ चैत्र २०८० शुक्रबार
समाज

मापदण्ड बिपरित खोला उत्खनन् गर्ने ठेकेदारलाई एक/एक लाख जरिवाना

खोलाको अनुगमन गर्दै समन्वय समिति प्रमुख सिँह सहित प्रमुख जिल्ला अधिकारी लगाएतको टोली।

जितपुरसिमरा उपमहानगरपालिका अन्तर्गत रहेको बालगंगा, दुधौरा र पसाह खोलाबाट ठेकेदारहरूले मापदण्ड बिपरित ढुगा बालुवा, गिट्टी  र ग्रेभल उत्खन्न गरेको भन्दै जनहि एक एक लाख जरिवान तिराउने आइतबार निर्णय गरिएको छ।

जिल्ला समन्वय समिति बाराका प्रमुख नवलकिशोर सिँहको नेतृत्वमा रहेको खोलाको अनुगमन समितिले ठेकेदारहरूबाट जरिवाना स्वरुप एक/एक लाख तिराउने निर्णय गरेको हो।

शनिबार बालगंगा, दुधौरा र पसाह खोलामा अनुगमन गर्न गएको टोलीले खोलालाई जभाभावी  उत्खनन् गरिएको भेटिए पछि उत्खनन् गर्ने कार्यमा प्रयोग गरिएको चार वटा स्काभेटर र एक दर्जन टिपरहरूलाई नियन्त्रणमा लिएका थिए।

अनुगमनमा जिल्ला समन्वय समिति प्रमुख सिँहसँगै प्रमुख जिल्ला अधिकारी रुद्र पण्डित, बाराका प्रहरी उपरीक्षक कृष्ण पगेनी, सशस्त्र प्रहरी उपरीक्षक दिगबिजय सुवेदी लगाएको सुरक्षा निकायका प्रमुख खोलामा पुगेका थिए।

मापदण्ड बिपरीतको उत्खननले खोला क्षेत्रको वन, बस्ती जोखिनमा पर्नुको साथै र नदीहरूले धार समेत परिवर्तन गर्ने डर भए पछि ठेकेदारहरूलाई नियम अनुसार नै खोलानालाबाट नदी जन्य पदार्थ उत्खनन् गर्न भनिए पनि उनीहरु अटेरी गरे पछि कारवाही गर्न तिर समिति लागेको  जिल्ला समन्वय समितिका प्रमुख नवलकिशोर सिँहले बताएका छन्।

अनुगमनको क्रममा बालगंगा खोलाको नदीजन्य पदार्थको ठेक्का सकार गरेको  हेटौँडाको  न्यु पाथीभारा सप्लार्यस, दुधौरा खोलाको नदीजन्य पदार्थको ठेक्का सकार गरेको सिमराको श्रेष्ठ बिल्डर्स र पसाह खोलाको नदीजन्य पदार्थको ठेक्का सकार गरेको कलैयाको ओम सप्लार्यस गरि तीनवटै खोलामा मापदण्ड बिपरीत उत्खनन् गरिएको भेटिएपछि  ठेकेदारलाई पहिलो चोटी एक/एक लाख जरिवाना जिल्ला समन्वय समितिको खातामा तिराउने निर्णय गरिएको समन्वय समिति प्रमुख सिँहले बताए।

तीनवटै खोलाको ठेकेदार मध्ये कसैले पुर्व–पश्चिम महेन्द्र राजमार्गको रहेको पुल नजिकै मापदण्ड बिपरीत उत्खनन् गरेको भेटिएको छ भने कुनैले नियम भन्दा बढी गरिहो उत्खनन् गरेको भेटिएकोले कारवाही गर्न बाध्य भएको सिँहले बताए।

बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले बालगंगा, दुधौरा र पसाह गरि तीनवटै खोलाहरुमा मापडण्ड  उत्खन्न गरेको देखिए पछि स्काभेटर र टिपरहरु गरेर  १५ वटालाई नियन्त्रणमा लिएको बताएका थिए।

पहिलो पटक एक/एक लाख नगद ठेकेदारहरूबाट कारवाही गरि जरिवाना गराइए पछि ठेकेदारहरूले प्रारम्भिक वातावरणीय प्रभाव मूल्याकंनको प्रतिवेदन अनुसार  नै खोलाहरुबाट नदी जन्य पदार्थको उत्खन्न गराउने बाराका प्रहरी उपरीक्षक कृष्ण पगेनीले बताएका छन्।

बालगंगा खोलाबाट लगभग २१ लाख १० हजार क्युफिट नदीजन्य पदार्थ उत्खनन गर्नको हेटौँडाको  न्यु पाथीभारा सप्लार्यसले तीन करोड ७९लाखमा नदीजन्य पदार्थको ठेक्का स्कार गरेको जितपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।

दुधौरा खोलाबाट लगभर २७ लाख दुई हजार क्युफिट नदीजन्य पदार्थको उत्खनन गर्न सिमराको श्रेष्ठ बिल्डर्सले तीन करोड ७९ लाखमा नदीजन्य पदार्थको ठेक्का स्कार गरेको जितपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।

पसाह खोलाबाट लगभर ५४ लाख ४६ हजार क्युफिट नदीजन्य पदार्थको उत्खनन गर्न कलैयाको ओम सप्लार्यसले ठेक्का स्कार गरेको जितपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।

प्रकाशित: १८ जेष्ठ २०७७ १४:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App