८ वैशाख २०८१ शनिबार
समाज

स्थापना दिवसमा वृक्ष रोपण

फेकोफन ताप्लेजुङ परिसरमा वृक्षारोपण गरिँदै । तस्बिर : खगेन्द्र/नागरिक

स्थापना दिवसका अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल(फेकोफन) ताप्लेजुङले वृक्षारोपण गरेको छ । महासंघको २५ औं स्थापना दिवसको अवसर पारेर आइतबार जिल्लाका विभिन्न ठाउँमा वृक्षारोपण गरिएको हो ।  

सामूदायिक वन उपभोक्ता महासङ्घ नेपाल, जिल्ला महासंघ ताप्लेजुङका अध्यक्ष सुरज ओझाका अनुसार जिल्लाका विभिन्न ठाउँमा ओखर, सल्ला प्रजाति लगायतका बिरुवा रोपिएको छ । हालको कोभिड–१९ को महामारीका कारण औपचारिक कुनै कार्यक्रम नगरिएको र गाउँमा रहेका विभिन्न सामूदायिक वन उपभोक्ता समूहमार्फत हजारौं बिरुवा रोपिएको ओझाले जानकारी दिए । सदरमुकाम फुङ्लिङस्थित जिल्ला महासंघको कार्यालय परिसरमा समेत वृक्षारोपण गरिएको ओझाले बताए ।

डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृत जीवन यादव र फेकोफनका पदाधिकारी लगायतको उपस्थितिमा वृक्षारोपण गरिएको पनि फेकोफन जिल्ला महासंघले जनाएको छ ।

प्रकाशित: १८ जेष्ठ २०७७ ०९:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App