१५ चैत्र २०८० बिहीबार
समाज

बालिकालाई आरोपितको घर पठाउनेलाई कारबाही माग

राष्ट्रिय मानवअधिकार आयोगले रूपन्देहीकी बालिकालाई उल्टै बलात्कार आरोपितको घर पठाउनेलाई कानुनी कारबाहीको माग गरेको छ।

आयोगले जातीय विभेदका शृंखलाबद्ध घटनाका दोषीहरूलाई कानुनी दायरामा ल्याउन माग गरेको हो। समाजमा भइरहेका घटना कानुनविपरीत भएकाले दोषीलाई कारबाही गर्न आग्रह गरेको छ।

रूपन्देहीको देवदह नगरपालिका–११ की १३ वर्षीया बालिकामाथि गत जेठ ९ र १० मा भएको भनिएको बलात्कार र उनको शंकास्पद मृत्युप्रति गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ।

घटनापछि दोषीलाई कानुनी कारबाहीको प्रक्रियामा लैजानुको सट्टा स्थानीय प्रतिनिधिसमेतको रोहवरमा बलात्कारका आरोपित व्यक्तिलाई नै बालिका जिम्मा लगाइएको थियो। अन्तरजातीय भन्दै बालिकालाई घर भित्रिन नदिइएपछि बालिका अंगिरा पासीको शंकास्पद मृत्युको सम्बन्धमा आयोगले स्थलगत अनुगमन गरेको बताएको छ।

‘बलात्कार आरोपितको साथ लगाई बालिकालाई आरोपितको घर पठाउनेउपर समेत निष्पक्ष अनुसन्धान गरी घटनामा संलग्न दोषीहरूलाई कानुनी दायरामा ल्याई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउँछ,’ मानवअधिकार आयोगले भनेको छ। आयोगका प्रवक्ता वेद भट्टराईले शुक्रबार विज्ञप्ति जारी गर्दै बालअधिकार र जातीय विभेदविरुद्धको काम भइरहेको बताएका छन्।

प्रकाशित: १८ जेष्ठ २०७७ ०२:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App