coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

लकडाउनमा खोलाहरूको उत्खननमा ठेकेदारको मनोमानी

खोला उत्खन्नमा प्रयोग गरिएको स्काभेटर र टिपरको नियन्त्रणमा

टोलीले नियन्त्रणमा लिएको टिपर र स्काभेटर ।

जितपुरसिमरा उपमहानगरपालिका अन्तर्गत रहेको खोलाहरुबाट ठेकेदारहरुहरुले मापदण्ड बिपरित ढुगा बालुवा, गिटी र ग्रेभल उत्खनन् गरेको भेटिए पछि बालगंगा, दुधौरा र पसाह गरि तीनवटै खोला उत्खनन् गर्ने कार्यमा प्रयोग गरिएको स्काभेटर र टिपरहरुलाई शनिबार नियन्त्रणमा लिएको छ।

जिल्ला समन्वय समितिका प्रमुख नवलकिशोर सिँहको नेतृत्वमा  खोलाहरूको अनुगमन गर्न गएको टोलीले खोला उत्खनन् गर्ने कार्यमा प्रयोग गरिएको चार वटा स्काभेटर र एक दर्जन टिपरहरुलाई नियन्त्रणमा लिएका हुन्।

टोलीमा प्रमुख जिल्ला अधिकारी रुद्र पण्डित, बाराका प्रहरी उपरीक्षक कृष्ण पगेनी, सशस्त्र प्रहरी उपरीक्षक दिगबिजय सुवेदी लगाएको सुरक्षा निकायका प्रमुखहरु अनुगमन गर्न खोलाहरुमा पुगेका थिए।

टोलीले पसाल खोलाबाट एउटा स्काभेटर, दुईवटा टिपर, बालगंगा खोलाबाट एउटा स्काभेटर तीनवटा टिपर र दुधौरा खोलाबाट दुईवटा स्काभेटर आठवटा जति टिपर नियन्त्रणमा लिएको बताइएको छ।

बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले बालगंगा, दुधौरा र पसाह गरि तीनवटै खोलाहरुमा मापडण्ड  उत्खन्न गरेको देखिए पछि स्काभेटर र टिपरहरु गरेर  १५ वटालाई नियन्त्रणमा लिएको बताएका छन्।

स्काभेटर र टिपरहरुलाई नियन्त्रणमा लिएर साँचो राखिएको र आईतबार नदी जन्य पदार्थको उत्खन्न सम्बन्धी जिल्ला अनुगमन समितिको बैठक गरेर जरिवानाको निर्णय गरिने प्रजिय पण्डितले बताए।

प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन अनुसार ठेकेदारले तोकिएको स्थान भन्द अन्य स्थानहरुमा पनि उत्खन्न गरेको र अफु खुशी परिमाण पनि निकालेको अनुगमनको क्रममा भेटिएको बाराका प्रहरी उपरीक्षक कृष्ण पगेनीले बताएका छन्।

अनुगमन गर्न खोलाहरुमा पुगेको जिल्ला समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी लगाएतका टोली।

मापदण्ड बिपरीतको उत्खननले खोला क्षेत्रको वन, बस्ती  जोखिनमा पर्नुको साथै र नदीहरुले धार समेत परिवर्तन गर्ने डर भए पछि ठेकेदारहरुलाई नियम अनुसार नै खोलानालाहरुबाट नदी जन्य पदार्थ उत्खन्न गर्न भनिए पनि उनीहरु अटेरी गर्दै आएको  जिल्ला समन्वय समितिका प्रमुख नवलकिशोर सिँहले बताएका छन्।

स्थानीय तहका पदाधिकारीहरुको आर्थिक लाभको कारणले गर्दा खोलानालाहरुमा ठेकेदारहरुले मापदण्ड बिपरित उत्खन्न गर्ने गरेका आरोहरु लाग्ने गरेको छ।

जितपुरसिमरा उपमहानगरपालिका प्रमुख डा. कृष्ण पौडेलले ठेकेदारहरुले जथाभावी उत्खन्न गरेको र उनीहरुलाई कारवाही गर्नमा आफुले सहयोग गर्ने बताए।

बालगंगा खोलाबाट लगभग २१ लाख १० हजार क्युफिट नदीजन्य पदार्थ उत्खनन गर्नको हेटौँडाको  न्यु पाथीभारा सप्लार्यसले तीन करोड ७९लाखमा नदीजन्य पदार्थको ठेक्का स्कार गरेको जितपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।

दुधौरा खोलाबाट लगभर २७ लाख दुई हजार क्युफिट नदीजन्य पदार्थको उत्खनन गर्न सिमराको श्रेष्ठ बिल्डर्सले तीन करोड ७९ लाखमा नदीजन्य पदार्थको ठेक्का स्कार गरेको जितपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।

पसाह खोलाबाट लगभर ५४ लाख ४६ हजार क्युफिट नदीजन्य पदार्थको उत्खनन गर्न कलैयाको ओम सप्लार्यसले ठेक्का स्कार गरेको जितपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।

प्रकाशित: १७ जेष्ठ २०७७ १७:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App