coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

थप १८९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ हजार ४ सय १ पुग्यो

शनिबार नेपालमा १ सय ८९ जनामा कोरोना पोजेटिभ देखिएको छ। देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा १ सय ८९ जनामा कोरोना पोजेटिभ देखिएको हो।  योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय १ पुगेको छ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा शनिबार सबैभन्दा बढी १ सय २४ जनामा पोजेटिभ देखिएको छ।  जसमा कपिलवस्तुका सबैभन्दा धेरै ७७ जना रहेका छन्।  यस्तै धनुषका ७, झापा १, ललितपुकार १ जना, महोत्तरीका ४ जना र रौतहट ६ जनामा कोरोना पोजेटिभ देखिएको छ।  यस्तै सर्लाहीका १७, सिरहाका ११ जना जनामा पनि पोजटिभ देखिएको छ।  रुपन्देहीमा भएको परीक्षणमा ३६ जनाको पोजेटिभ देखिएको छ।  जसमा कपिलवस्तुका मात्रै २९ जना रहेका छन्।  

विपि कोइराला राष्ट्रिय स्वास्थ्य जिज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा सप्तरीका ९ जनाको रिपोर्ट पोजेटिभ आएको छ।  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा दाङमा १३ र कपिलवस्तुका ३ जनामा पोजेटिभ देखिएको छ।  वीरगञ्जमा भएको परीक्षणमा बाराका १ र पर्साका २ जना जनामा पोजेटिभ देखिएको छ।  यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखका १४ जनामा पोजेटिभ देखिएको छ।  विराटनगराको कोसी अस्पतालमा भएको परीक्षणमा संखुवासभाका २ जनाको पोजेटिभ देखिएको छ।  

यसैगरी प्रदेश नम्बर १ मा १ सय ३०, प्रदेश नम्बर २ मा ४ सय ४२, बागमती प्रदेशमा १५ र गण्डकी प्रदेशमा १७ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन्।  यस्तै प्रदेश नम्बर ५ मा ४ सय ९६, कर्णाली प्रदेशमा ६१ र सुदूरपश्चिम प्रदेशमा १५ जना गरी १ हजार १ सय ७६ जना कोरोना संक्रमित विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेको प्रवक्त डा. देवकोटाले बताए।  

 

 

प्रकाशित: १७ जेष्ठ २०७७ ११:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App