१६ चैत्र २०८० शुक्रबार
समाज

प्रदेश २ मा ५७ जनामा संक्रमण पुष्टि

संक्रमितको संख्या ५५४ पुग्यो

प्रदेश २ मा थप ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै यस प्रदेशमा संक्रमितको संख्या ५५४ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  

सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेकाअनुसार सप्तरीमा ९ जना, सिरहामा ११ जना, धनुषामा ७ जना, महोत्तरीमा ४ जना, सर्लाहीमा १७ जना,  रौतहटमा ६ जना, बारामा १ जना र पर्सामा २ जनामा कोरोना संक्रणको पुष्टि भएको हो ।  

सप्तरीका संक्रमित सबै डाक्नेश्वरी नगरपालिकाका हुन्। सिरहाका संक्रमितहरुमध्ये लहान नगरपालिकाका ८ जना, धनगढीमाई नगरपालिकाका २ जना र कल्याणपुर नगरपालिकाका १ जना छन्। 

प्रकाशित: १७ जेष्ठ २०७७ ११:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App