coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कपिलवस्तुमा एकै पटक ७७ जना संक्रमित थपिए

कपिलवस्तुमा शनिबार फेरी  एकै पटक ७७ जना कोरोना संक्रमित थपिएका छन। यससँगै कपिलवस्तुमा संक्रमितको संख्या २६५ पुगेको छ। ७७ मध्ये २ जना महिला छन्।  महराजगंज नगरपालिकामा ३३ , कृष्णगर नगरपालिकामा १६ तथा यशोधरा गाउँपालिमा २८ जना थपिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। 

महाराजगन्ज नगरपालिका का बर्ष १६ देखि ४५ सम्मका ३३ जना पुरुष छन्। कृष्णनगर नगरपालिकाका बर्ष १८ देखि ४५ सम्मका पुरुष १६ जना तथा  यशोधरा गाउँपालिकाका १६ देखि ४८ बर्षसम्मका पुरुष २६ र २५,१९ बर्षका महिला २ जना छन्। यशोधरा गाउपालिमामा संक्रमितको संख्या १ सय पुगेको छ। यस्तै कृष्णगरमा ३५, महराजगंजमा ४३ जा पुगेको छ। शुक्रवार मात्रै जिल्लमा एकै पटक छद्द जना संक्रमित थपिएका थिए। संक्रमित थपिएसंगै जिल्लामा आइसोलने बेडको समस्या आएको छ।

 

प्रकाशित: १७ जेष्ठ २०७७ १०:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App