४ वैशाख २०८१ मंगलबार
समाज

दैलेखको क्वारेन्टिनमा एक जनाको मृत्यु

भारतबाट फर्किएर क्वारेन्टिमा रहेका एक युवकको दैलेखमा मृत्यु भएको छ । १० दिनअघि भारतको गुजरातबाट फर्केका दैलेखको दुल्लु नगरपालिका–११ का ३५ वर्षीय युवकको शनिबार विहान मृत्यु भएको हो । युवक दुल्लु नगरपालिका–७ मा रहेको नेपाल विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टिनमा बसेका थिए ।  

दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीले भारतबाट आएका युवकको क्वारेन्टिनमा मृत्यु भएको पुष्टि गरे । ‘मृतक युवासहित ७९ जनाको टोलीलाई नेपाल विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टिनमा राखेका थियौं,’ मेयर भण्डारीले भने, ‘शनिवार विहान चिया खाजा खाएपछि एक्कासी ढलेर मृत्यु भएको हो ।’

ति युवाको कोरोना परीक्षणका लागि बिहीबार स्वाब संकलन गरिएको थियो । कोरोना परीक्षणका लागि उनीसहित आठ सय जनाको स्वाब संकलन गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला पठाइएको छ । पीसीआर परीक्षणको रिपोर्ट आएपछि मात्र उनको मृत्युको कारण खुल्ने छ ।  

 

प्रकाशित: १७ जेष्ठ २०७७ ०७:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App