८ वैशाख २०८१ शनिबार
समाज

संक्रतिम क्षेत्रबाट थप ३३ जनाको स्वाब परीक्षणमा पठाइयाे

एक जना कोरोना संक्रमित फेला परेको खोटाङको हलेसी तुवाचुङ नगरपालिकाबाट थप ३३ जनाको पिसिआर परीक्षणका लागि स्वाब पठाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका २० वर्षीय युवालाई कोरोना संक्रमण भएको पुष्टी भएपछि उनको संसर्गमा पुगेका व्यक्ति पहिचान गरेर पिसिआरका लागि स्वाब संकलन गरेर पठाइएको हो । 

काठमाडौंबाट गत बैसाख १२ गते घर आएका संक्रमित युवासँगको कन्ट्याक्ट ट्रेसिङका आधारमा उनीसँगै यात्रा गरेका व्यक्तिको स्वाब संकलन गरेर शुक्रबार पिसिआर परीक्षणका लागि बिराटनगर पठाइएको नगरपालिकाका मेयर इवन राईले बताए ।  

नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, वडा सचिवसहित ३३ जनाको पिसिआर टेष्टका लागि स्वाब पठाउँदा एक युवामा कोरोना संक्रमण भएको पुष्टी भएको थियो । उनलाई कोरोना संक्रमण भएको पुष्टी भएपछि उनका परिवारका आठ जना, उनीसँगै बसमा यात्रा गरेका व्यक्ति, उनको प्रत्यक्ष सम्पर्क र भेटघाटमा पुगिसकेका छिमेकी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत ३४ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएकामा सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो । बसमा सँगै एउटै सिटमा यात्रा गरेका व्यक्तिको पिसिआर रिपोर्ट समेत नेगेटिभ आएको नगरपालिकाले जनाएको छ ।  

संक्रमित युवाको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र बिराटनगरमा उपचार भइरहेको छ । नगरपालिकामा संक्रमित फेला परेपछि पिसिआरका लागि स्वाब पठाइएको यो दोश्रो पटक हो । 

प्रकाशित: १७ जेष्ठ २०७७ ०६:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App