७ वैशाख २०८१ शुक्रबार
समाज

एटीएम फुटाउने पक्राउ

मध्यपुर ठिमी नगरपालिका वडा नं. ६ बाहखा बजारस्थित एनआईसी एसिया बैंकको एटीएम फुटाउदै गरेको एकजनालाई प्रहरीले पक्राउ गरेको छ।  एटीएम फुटाउँंदै छ भन्ने सूचना प्राप्त हुनासाथ गस्तीमा रहेको महानगरीय प्रहरी वृत ठिमी भक्तपुरका प्रहरी निरीक्षक राजिब गिरीको कमाण्डको प्रहरी गस्ती टोली तत्कालै शनिबार विहान सवा दुई बजे त्यहा पुगी हेर्दा एटीएमः फुटाउदै गरेको अबस्थामा सिन्धुपाल्चोक कदम्बास घर बताउने हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. ६ नगदेश बस्ने बर्ष २१ को सचिन तामाङलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। 

उनको साथबाट १ थान ह्याम्बर, १ थान स्क्रु ड्राईभर, एटीएम मेसिनको बाहिरी कभर र रोलर (डण्डी) सहित नियन्त्रणमा लिएको परिसरका सूचना अधिकृत दीपक गिरीले जनाए। उनलाई महानगरीय प्रहरी वृत ठिमी भक्तपुरमा ल्याई थप अनुसन्धान कार्य भइरहेको परिसरले जनाएको छ।

प्रकाशित: १७ जेष्ठ २०७७ ०४:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App