coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कर्णाली थप १४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६० पुग्यो

दैलेख नारायण नगरपालिकामा थप १४ जनामा कोरोना पोजेटिभ देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पिसिआर परीक्षणका क्रममा थप १४ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।  याे सहित कर्णालीमा संक्रमितको संख्या ६० पुगेकाे छ ।

हालसम्म कर्णाली प्रतिष्ठानमा तीन हजार दुई सय जनाको स्वाब परीक्षण गरिएकोमा पहिलो पटक दैलेख नारायण नगरपालिकाका १४ जनामा कोरोना पोजेटिभ देखिएको हो । कोरोना पोजेटिभ देखिएका सबै नारायण नगरपालिकाका विभिन्न वडाका हुन् । १७ देखि ५० वर्ष उमेर समूहका मानिसहरुलाई कोरोना पोजेटिभ देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाले जानकारी दिए । उनीहरु सबै भारतबाट आएका हुन् । यसअघि आरडिटी गर्दा पनि उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो ।  

आरडिटी पोजेटिभ थियो । पिसिआरमा पनि पोजेटिभ आयो, उनले भने,‘दैलेख सुर्खेतबाट आएका बाँकी स्वाब परीक्षण कार्य जारी छ ।’ सुर्खेतबाट आएको १ हजार ४० जनाको स्वाब परीक्षणको प्रारम्भिक परीक्षणमा नै १४ जनामा पोजेटिभ देखिएको थियो ।

सुर्खेतदेखि आएको स्वाब परीक्षण गर्न झण्डै तीन दिन लाग्ने चिकित्सकहरु बताउँछन् । परीक्षणको प्रारम्भिक चरणमै पोजेटिभ देखिएकोले पहिलेको जस्तो पुलिङ गर्नु पर्दैन । प्रत्येक व्यक्तिको अलगअलग परीक्षण गर्नुपर्छ । दैलेख नारायण नगरपालिका २,३,४,६,८,९ र १० वडाका स्थानीयमा कोरोना पोजेटिभ देखिएको हो । दैलेख नारायण नगरपालिकामा यसअघि ८ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

यो संगै कालिकोट र जुम्लाका क्वारेन्टिनमा बसेकाहरुको पनि पिसिआर परीक्षण हुने भएको छ ।  

 

 

प्रकाशित: १६ जेष्ठ २०७७ १५:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App