८ वैशाख २०८१ शनिबार
समाज

डोमिनिक ओनियल डब्लुएससीसीका नयाँ कार्यकारी निर्देशक

वाटर सप्लाइ एण्ड स्यानिटेसन कोल्याबरेटिभ काउन्सिल (डब्लुएससीसी) र यूएनअप्सले डोमिनिक ओनियललाई डब्लुएससीसीको नयाँ कार्यकारी निर्देशकका रुपमा नियुक्त गरेको छ।

ओनियलले उद्योगको क्षेत्रमा काम गरेको अनुभव छ। उनले २०२० सेप्टेम्बरदेखि नयाँ पदीय जिम्मेवारी सम्हाल्नेछन्। ‘ओनियलको जनस्वास्थ्य र वातावरणीय बिषयहरुमा रहेको बुझाइ तथा उनको राजनीतिक समझदारीले गर्दा उनी यो संस्था रुपान्तरणको घडीमा उपयुक्त उम्मेद्धारका रुपमा रहेका छन्’,डब्लुएससीसीकी कार्यकारी अध्यक्ष हिन्त ओमान– खतिबले भनिन्। डब्लुएससीसीको हालै बसेको स्थायी समिति बैठकले यस संस्थालाई सरसफाइ तथा स्वच्छता कोषको रुपमा अनुमोदन गरेको छ। यो कोषले विश्वमा विद्यमान सरसफाइ, स्वच्छता र महिनावारी स्वास्थ्य संकटमा आइपर्ने चुनौतीलाई समाधान गर्नका लागि विश्वमा कायम रहेको स्रोतको रिक्तता परिपुर्ती गर्न ग्लोबल लगानीको संयन्त्रबाट सहयोग गर्नेछ। यो कोष जनवरी, २०२१ बट बिधिवत रुपमा सुरु हुनेछ।  

बेलायत निवासी ओनियलले बिगतमा यमन, इराक, सिरियालियोन र नेपालमा बेलायती सहयोग नियोगअन्तर्गत वातावरणीय स्वास्थ्य नीति सल्लाहकारका रुपमा काम गरेका थिए। उनले नामिबियको स्वास्थ्य मन्त्रालयमा जिल्ला वातावरणीय अधिकृतका रुपमा र नामिबियास्थित र्यालेक इन्टरनेशनलमा राष्ट्रिय निर्देशकका रुपमा कार्यरत थिए। ‘म यो रुपान्तरणको घडीमा डब्लुएससीसीमा सम्बद्ध हुन पाउँदा धेरै खुशी छु, स्वास्थ्य र सरसफाइ धेरै पक्षका लागि एकदमैं महत्वपूर्ण कुरा हो,’ओनियलले भनेका छन्–‘र, सबैका लागि स्वच्छता तथा सरसफाइ सुनिश्चित गर्न यो बहुपक्षीय साझेदारीका उपायहरु अवलम्बन गर्दै समस्या समाधान गर्नका लागि सर्वपक्षीय पहल हुनुपर्छ।’

 

 

 

 

प्रकाशित: १६ जेष्ठ २०७७ १५:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App