८ वैशाख २०८१ शनिबार
समाज

बाँकेमा तीन जना निको भए, १० जना नयाँ थपिए

दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनबाट डिस्चार्ज भएका बाँके नरैनापुरका युवक । तस्बिर सौजन्य : स्वास्थ्य कार्यालय बाँके

बाँके नरैनापुर गाउँपालिकाका कोरोना संक्रमित तीन जना युवक निको भएर घर फर्केका छन् । यही जेठ २ गते कोरोना पोजेटिभ देखिएका नरैनापुरका ८ जनालाई दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो ।  

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग फोकल पर्सन नरेश श्रेष्ठले नरैनापुर गाउँपालिका वडा नम्बर १, ३ र र ५ निवासी १८, २५ र २० बर्षिय युवक शुक्रबार दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिए । ‘दाङको बेलझुण्डीबाट नरैनापुर गाउँपालिकाका तीन जना कोरोना मुक्त भएका छन्,’ श्रेष्ठले भने । उनीहरुसँगै अस्पताल भर्ना भएका नरैनापुर गाउँपालिका वडा नम्बर १, ३ र ५ निवासी २२, २५, , २७, ३२, ३६ बर्षका संक्रमित अझै भर्ना छन् ।  

यसैबीच बाँकेमा शुक्रबार १० जना संक्रमित थपिएका छन् । जिल्लाको डुडुवा गाउँपालिका पशुपति माध्यामिक बिद्यालय नौरीगौडीमा बसिरहेका १ र २ का हुन । उनीहरु १७ देखी ४१ वर्षसम्मका रहेका छन् । नयाँ पुष्टी भएका संक्रमितलाई डुडुवास्थित आधारभुत माध्यामिक बिद्यालय साहपुर्वाको आइसोलेसनमा राखिने प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायले जानकारी दिए । ‘डुडुवा गाउँपालिकामा फेरी १० जना थपिएका छन्, यिनीहरु सबै भारतबाट फर्केर क्वारिन्टिनमा बसिरहेका ब्यक्ति हुन्,’ उपाध्यायले भने ‘संक्रमण पुष्टी भएपछि उनीहरुलाई छुट्याएर आइसोलेसनमा लैजाने काम हुदैछ ।’ उक्त गाउँपालिकामा यसअघि पनि ८ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको थियो । योसँगै उक्त गाउँपालिकामा संक्रमित हुनेको संख्या १८ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार शुक्रबारसम्म बाँकेमा संक्रमित हुनेको संख्या कुल १ सय ८१ पुगेको छ । जिल्लाको नरैनापुरमा सबैभन्दा बढी १ सय १३ जना संक्रमित भएका छन् । त्यसपछि नेपालगन्ज उपमहानगरपालिकामा २७, डुडुवामा १८, राप्तीसोनारीमा १२, बैजनाथमा ७, खजुरामा ३ र गुल्मी घर भएका १ जना ब्यक्तिमा संक्रमण भएको छ । कोरोना संक्रमणबाट बाँके नरैनापुर गाउँपालिका वडा नम्बर ५ निवासी २४ बर्षिय युवकको मृत्यु भएको थियो । संक्रमित भएका मध्ये १७ पुरुष र ११ महिला गरी २८ जना उपचार भइ डिस्चार्ज भइसकेका छन् ।  

स्वास्थ्य कार्यालयका अनुसार संक्रमित ब्यक्तिहरु बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा १० जना, लायन्स डेन्टल अस्पताल नेपालगन्जको आइसोलेनमा २३, कोहलपुरको पिपरीस्थित कृषि विकास बैंकको तालिम केन्द्र आइसोलेसनमा ४१ ज्ना छन् । यस्तै कृषि तालिम केन्द्र खजुरा बाँकेको आइसोलेसनमा ३९, आधारभुत मावि साहपुर्वा डुडुवाको आइसोलेसनमा १८, राप्तीसोनारीको आइसोलेसनमा ११, बैजनाथको आइसोलेसनमा ७ र दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा ५ जना भर्ना भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

 

 

 

 

 

प्रकाशित: १६ जेष्ठ २०७७ १४:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App