६ वैशाख २०८१ बिहीबार
समाज

दसगजामा खाना खुवाउँदै नेपालगन्जका युवा

नेपालगन्जका युवाले भारतबाट आएर जमुनाहा नाकामा बसिरहेका नेपालीलाई खाना खुवाउने अभियान सुरुवात गरेका छन् । नेपालगन्जको बुद्धदय युथ क्लबको समन्वय र हाम्रो सानो प्रयास अभियानको आर्थिक सहयोगमा दसगजामा बसेका नेपालीलाई लक्षित गरेर खाना खुवाउने अभियान सुरु गरिएको हो । 

अभियानका स्थानीय संयोजक आतक बस्नेतका अनुसार बिहीबार १ सय १० जना र शुक्रबार २ सय १६ जनालाई खानाको व्यवस्था गरिएको थियो । नेपालगन्जको बुद्धदय क्लबका सदस्यहरुले नै खाना बनाएर भारतबाट आइरहेका नेपालीलाई खाना बनाउने गरेका छन । सचिव कविराज रम्तेलको नेतृत्वको क्लबका सदस्यले सक्रिय भएर काम गरिरहेका छन । सुरुआतको दिनमा दालभात, तरकारी र दोस्रो भेज बिरयानी, पानी, जीवनजलको व्यवस्था गरिएको थियो ।

क्याप्टेन विजय लामा, नायिक नम्रता श्रेष्ठ, नायक कर्मा, मीन बहादुर भाम, पुकार बम लगायतका कलाकारले सुरुआत गरेको अभियान हो हाम्रो सानो प्रयास । जसले नेपालगन्जको सीमानाकामा भारतबाट आएर बसिरहेका नेपालीलाई खाना खुवाउनका लागि सहयोग गरिरहेको छ । सुरुआतमा एक सातासम्म खाना खुवाउने योजना रहेको बस्नेतले बताए । अन्य क्षेत्रबाट पनि सहयोग आए अभियानलाई लकडाउन अवधिभर संचालन गर्ने योजना रहेको बस्नेतले जानकारी गराए ।  

भारतले रेलसेवा खोलो पछि दैनिक हजारौ नेपाली भारतबाट घर फर्किरहेका छन् । भारतमा श्रम गर्ने नेपालीको भीड नाकामा बढदै गएपछि स्थानीय तहलाई व्यवस्थापन गर्न निकै चुनौति भैरहेको छ । जसले नेपालमा कोरोना संक्रमणको दर पनि बढाउँदै गएको छ । दैनिक हजारौको संख्यामा आउने नेपालीलाई नेपाल सरकारले केहि दिन दसगजा क्षेत्रमा राखेर परीक्षण गरेर मात्र नेपाल भित्र्याउने गरेको छ । भारतबाट आउने श्रमिकले पाएको दुख सामाजिक संजाल र मिडिया मार्फत जानकारी पाएपछि अभियानको सुरुआत गरेको बताउँछन आंतक बस्नेत । उनले भने, ‘भारतबाट आउने धेरैले भोकै बसेको थाहा भयो । उनीहरु खाना नपाएर भोकै मर्ने अवस्थामा पुगेको समाचार आएपछि हामीले अभियानको सुरु गरेका हौं । यसलाई निरन्तरता दिने प्रयास गछौं ।’

प्रकाशित: १६ जेष्ठ २०७७ १४:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App