५ वैशाख २०८१ बुधबार
समाज

सुर्खेतबाट थ्रोट स्वाब संकलन गरेर जुम्ला पठाइयो

सुर्खेतमा थ्रोट स्वाबको नमूना परीक्षणको भार बढेपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा  थप स्वाब पठाउन थालिएको छ। प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले आज ८८० स्वाब जुम्ला पठाइएको जनाएको छ।

प्रदेश अस्पताल सुर्खेत र पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा रहेका यन्त्रले दैनिक ९९ स्वाब मात्रै परीक्षण गर्दै आएका छन्।  पछिल्लो समय स्थानीय तह र जिल्लाले समेत स्वाब पठाउन थालेपछि परीक्षणका लागि जुम्ला पठाउन थालिएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालय प्रमुख रीता भण्डारीले  बताए। जुम्ला पठाइएका स्वाब दैलेख र सुर्खेतका हुन्।  

कर्णाली प्रदेशमा स्वास्थ्य पूर्वाधारको हिसाबले जुम्लाको अवस्था मजबुत छ। प्रतिष्ठानको शिक्षण अस्पतालमा कोरोना संक्रमितक  लागि १२० आइसोलेशन बेड छन्। सुर्खेतस्थित प्रदेश अस्पतालमा भने आइसोलेशन बेड ७० मात्र छ।

प्रकाशित: १६ जेष्ठ २०७७ १३:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App