coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रोल्पामा चट्याङ लागेर दुई जनाको मृत्यु

शुक्रवार बिहान रोल्पा त्रिबेणी ७ नन्दीखोला गाउँमा सबिन बुढाको घरमा चट्याङ पर्दा दुईजनाको मृत्यु भएको प्रहरीले बताएको छ। सबिन बुढाकी २४ बर्षिया श्रीमती आशा बुढा र ७५ बर्षिया फुपु खिरमा बुढा बाठा बेहोस अबस्थामा भेटिएपछि उनीहरुलाई उपचारका रोल्पा अस्पताल ल्याइएको थियो। गम्भिर अबस्थामा ल्याइएका उनीहरुलाई अस्पताले मृत्यु भएको बताएको थियो।  

गैरिगाउँको तिलामा रहेको सशस्त्र प्रहरीको टोली र नेपाल प्रहरीको टोली घटना स्थलमा पुगेर उद्यार गरेको थियो। नजिकमा एम्बुलेन्स नभएपछि त्रिबेणी गाउँपालिकाको गाडिले उनीहरुलाई अस्पताल पु-याएको थियो।

प्रकाशित: १६ जेष्ठ २०७७ ११:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App