coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ट्रक दुर्घटनाका मृतकको शव आफन्तको जिम्मामा

ताप्लेजुङमा निर्माणाधिन सानिमा मध्य तमोर जलबिद्युत आयोजनाको निर्माण सामग्री लिएर आयोजना स्थलतर्फ जाँदै गरेको ट्रक दुर्घटनामा पर्दा मृत्यु भएका चालकको शुक्रवार शव पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाईएको छ । 

निर्माण सामग्री बोकेको ना ६ ख ८२६२ नम्बरको बिहीबार अपरानह ट्रक फुङ्लिङ नगरपालिका वडा नं ९ हाङ्देवाको कटहरेमा दुर्घटनामा पर्दा ट्रक चालक बाह्रदसी गाउँपालिका वडा नं ६ डाँगीबारी झापाका ज्ञानबहादुर तामाङको ज्यान गएको थियो ।  

दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको थियो । बिहीबार साँझ ल्याईएको शव शुक्रबार बिहान पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।  

 

प्रकाशित: १६ जेष्ठ २०७७ १०:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App