७ वैशाख २०८१ शुक्रबार
समाज

रुकुम घटनाका दोषीलाई कारवाही माग गर्दै प्रदर्शन

रुकुम घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाही गर्न माग गर्दै राष्ट्रिय दलित पत्रकार संघ नेपालले विरोध प्रदर्शन गरेको छ।  रकुममा भएको अमानवीय घटना लगायत देशभरी दलित समूदायमाथि घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै प्रदर्शन गरिएको हो। संघले काठमाडौंमा माइतीघर मण्डला सहित देशभरी विरोध प्रदर्शन कार्यक्रम गरिएको जनाएको छ। संघका उपाध्यक्ष गोपाल बराइलीले रुकुममा भएको घटनाविरुद्ध देशव्यापी आन्दोलन थालिएको बताए। यति ठूलो घटना हुँदा पनि राज्य अध्याँरोमा मौन बसेकाले क्यान्डिल बालेर विरोध प्रदर्शन गरिएको उनले बताए। जघन्य अपराधमा मुछिएका व्यक्तिलाई कारवाही गरी कम्तिमा पनि देशको नागरिक भएर बाँच्न पाउनुपर्छ भनेर ऐक्यवद्धता जनाउन देशभरी विरोधका कार्यक्रम गरिएको उनले बताए।  

रुकमको चौरजहारीमा भएको घटनामा अहिलेसम्म ५ जनाको शव भेटिएको  छ। घटनाको प्रतिकारात्मक रुपमा प्रदर्शनमा सहभागिमध्ये ५ जनाले सेतो कपडा बेरेका छन्। पीडित परिवारले न्याय पाउनुपर्ने, मृतकहरुलाई शहिद घोषणा गर्नुपर्ने माग उनीहरुले गरेका छन्।

 

प्रकाशित: १६ जेष्ठ २०७७ ०९:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App