१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लकडाउनको आज ६७ औं दिन

आज (शुक्रबार) लकडाउनको ६७ दिन पुगेको छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन जारी गरेको छ। जेठ २० गते मंगलबार मध्यरातसम्मका लागि लकडाउनको अवधि तोकिएको छ । लामो समय सम्म लकडाउन भएपछि जनजीवन भने प्रभावित भएको छ।  

लकडाउनका कारण कामठमाडौं उपत्यका भित्रका मुख्य सडकमा अत्यावस्यक ढुवानी तथा सेवाका सवारी साधन, स्वास्थ्यकर्मी, सञ्चारकर्मीका सवारीसाधन चलेका छन्। पछिल्लो केही दिन यता संक्रमितको संख्या बढ्दै गएपछि सुरक्षाकर्मीले सवारीसाधन सञ्चालनमा कडाई गरेको छ। प्रहरीले अत्यावस्यक सेवा र सवारी पास नलिई सवारी चलाउनेलाई नियन्त्रणमा लिई कारबाही गर्ने गरेको छ। मुख्य सडकमा मानिसहरुको आवागमन पनि न्यून देखिन्छ। उपत्यकाका भित्रि सडक क्षेत्रमा रहेका खाद्य सामग्री तथा तरकारीका पसलहरु खुलेका छन्। मानिसहरु आफ्नो घर नजिकको पसलसम्म पुगेर अत्यावस्यक खाद्य सामग्री खरिद गरेको देखिन्छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार गरेको प्रेस ब्रिफिङ अनुसार नेपालमा कुल १ हजार ४२ जनामा कोरोना भाइरस संक्रमण देखा परेको छ। जसमध्ये १ सय ८७ जना निको भएका छन् भने ५ जनाको मृत्यु भएको छ। यस्तै कुल ६० हजार ९ सय १६ जनाको पीसीआर परीक्षण भएको छ। कुल ८६ हजार ५७ जना क्वारेन्टाइनमा रहेका छन भने ८ सय ५० जना आइसोलेसनमा रहेका छन्।

 

प्रकाशित: १६ जेष्ठ २०७७ ०९:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App