७ वैशाख २०८१ शुक्रबार
समाज

विमानस्थल परीक्षण उडान अनिश्चित

बैतडीको पाटन विमानस्थल। तस्बिरः बिरा/नागरिक

बैतडीको पाटन विमानस्थलमा परीक्षण उडान अनिश्चित भएको छ। चैत्र १५ गते परीक्षण उडान  गर्ने भनिए पनि लकडाउनका कारण स्थागित गरिएपछि परीक्षण उडान अनिश्चित बनेको हो।

गत पुस १२ गते विमानस्थलको निर्माण कार्य सम्पन्न भइसकेपछि चैत्र १५ गते परीक्षण उडान गर्ने तयारी गरिएको थियो। आर्थिक वर्ष २०७४÷०७५ देखि सुरु गरिएको कालोपत्रेको काम गत पुसमा सम्पन्न भएको निर्माणको जिम्मा पाएको ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीका इन्जिनियर पूर्णदेव रावलले जानकारी दिए। करिब ११ करोड २१ लाख रुपैयाँको लागतमा सम्पन्न भएको उक्त विमानस्थलमा कालोपत्रेसहित नाली निर्माण र तारबार सम्पन्न भएको भएको थियो।

पाँच सय ९० मिटर लम्बाइ र २० मिटर चौडाइ तथा ७० मिटर लम्बाइ र ३० मिटर चौडाइको एप्रोन कालोपत्रे गरिएको छ। परीक्षण उडानपछि ट्रमिनल भवन निर्माण गरिने जनाइएको थियो, तर लकडाउनका कारण उक्त योजनाको लागि पनि ठेक्का प्रक्रियासमेत अघि बढ्न सकेको छैन। २०३२ सालमा विमानस्थल निर्माणको काम सुरु भइ २०३५ सालदेखि हवाई सेवा सुरु भएको पाटन विमानस्थल २०५२ सालदेखि बन्द अवस्थामा रहेको थियो।

गौचरणमा  परिणत भएको विमानस्थल पुनः सञ्चालन हुने भएपछि स्थानियबासी खुसी भएका छन्। यहाँका बासिन्दाले सहजरुपमा हवाई सेवा पाउने भएपछि खुसी भएको पाटनका स्थानीय चमनकुमार भण्डारीले बताए। काठमाडौंबाट झन्डै १ हजार किलोमिटरको दूरीमा रहेको पाटन विमानस्थल सञ्चालन भए स्थानीयलाई  यात्रा गर्न सहज र पर्यटक भित्राउन सहज हुने बताइएको छ। विमानस्थल सञ्चालन नहुँदा बिरामीलाई अस्पताल पु¥याउन यहाँका बासिन्दाले सबैभन्दा बढी सास्ती खेप्नुपरको  छ।

विमानस्थल सञ्चालन भएपछि यहाँका धार्मिक एवं अन्य पर्यटकीय सम्भावना बोकेका क्षेत्रको प्रचाप्रसार र यहाँका स्थानीयका आर्थिक अवस्था  उकास्न सहज हुने उद्योग वाणिज्य संघ बैतडीका अध्यक्ष नरबहादुर चन्द बताउँछन्। विमानस्थल सञ्चालनपछि बैतडीसहित दार्चुला, डडेल्धुरा, डोटी र बझाङका  स्थानीयलार्य हवाई सेवाको लागि सहज हुनेछ।

प्रकाशित: १६ जेष्ठ २०७७ ०७:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App