१५ चैत्र २०८० बिहीबार
समाज

भारतबाट फर्किने नेपालीका लागि प्रवेश नाका तोकियो

यी हुन प्रदेश २ का प्रवेश नाकाहरू

सरकारले भारतबाट फर्किने नेपाली नागरिकका लागि प्रदेश २ मा प्रवेश नाका तोकेको छ । भारतबाट फर्किने नेपाली नागरिकको प्रवेश व्यवस्थित गर्न निश्चित नाका तोकिएको हो ।

सरकारले प्रदेश २ को धनुषाबाहेकका ६ जिल्लाका सीमा नाकालाई प्रवेशद्वारको रुपमा तोकेको छ । सप्तरीको कुनौली, सिरहाको ठाढी र माडर, महोतरीको भिठ्ठामोड, सर्लाहीको मलंगवा, रौतहटको गौर र पर्साको वीरगंज नाकालाई प्रवेशका लागि खुल्ला गरेको छ । भारतबाट फर्किने नेपाली नागरिकका लागि मात्र यी नाका प्रयोग हुनेछ ।

अतिआवयश्क मालसामान ढुवानी गर्ने सवारीसाधनहरुका लागि यी नाका प्रयोगमा नआउने प्रदेश २ का आन्तिरक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले बताए ।

प्रदेश २ सरकारका प्रवक्ता समेत रहेका मन्त्री यादवले यस प्रदेशका धनुषा र बाराको कुनै पनि नाकाहरुबाट प्रवेश गर्न नपाउने व्यवस्था छ । उनले भने' प्रत्येक जिल्लाबाट भारतबाट फर्किने नेपालीका लागि एक/एक नाका खोल्नु आवश्यक छ । धनुषामा जटही खुलाइने समेत मन्त्री यादवले बताए ।
नेपाल सरकारले पुर्व इलाम देखि पश्चिमको दार्चुला सम्म भारतवाट आउनलाई विभिन्न २० नाकाहरु मात्र कायम गरेको छ । जसमा धनुषाको कुनै पनि नाका समावेश छैन्। यसक्षेत्रका नेपालीहरु सिरहाको माडर र महोतरीको भिठ्ठमोड नाकावाट नेपाल प्रवेश गर्नुपर्ने हुन्छ ।

ठूला देखि स–साना नाकाहरुवाट अव्यवस्थित तरिकाले आप्रवासी नेपालीहरु नेपाल प्रवेश गर्न लाग्दा महामारी बढन थालेको र क्वारेन्टाइन समेत अव्यवस्थित भएकाले यस्तो निर्णय लिनु परेको सुरक्षा अधिकारी बताउँछन्। 

प्रकाशित: १६ जेष्ठ २०७७ ०६:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App