coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दाङको कोरोना अस्पतालका ८ जना डिस्चार्ज

दाङको बेलझुण्डि स्थित कोरोना बिशेष अस्पतालमा रहेका ८ जना कोरोना संक्रमित निको भएका छन् । कोरोना जितेका उनीहरूलाई शुक्रवार घर पठाउन लागिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सर्बेश शर्माले जानकारी दिए । कोरोना जितेका दाङ गढवाका १ जना, कपिलवस्तुका ४ जना र बाँकेका तीनजना छन् । 

उनीहरूको दोस्रो पटक सम्मको चेकजाँचका क्रममा रिपोर्टन नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको डा. शर्माले जानकारी दिए । ‘उहाँहरूको रिपोर्ट नेगेटिभ आएपछि डिष्चार्ज गर्न लागिएको हो,’ डा. शर्माले भने ‘डिष्चार्ज हुनेहरुमा दाङ गढवाका १, कपिलवस्तुका ४ र बाँकेका तीनजना हुनुहुन्छ ।’ डा. शर्माका अनुसार यो अस्पतालमा अहिले ३७ जना कोरोना संक्रमितको उपचार भैरहेको छ । 

प्रकाशित: १६ जेष्ठ २०७७ ०६:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App