७ वैशाख २०८१ शुक्रबार
समाज

प्रदेश २: चौथो अधिवेशन आह्वान, सांसद र कर्मचारीको कोरोना परीक्षण सुरु

प्रदेश २ का सांसदहरुको कोरोना परीक्षण सुरु भएको छ। अगामी जेठ २१ गते आह्वान गरिएको प्रदेशसभाको चौथो अधिवेशनमा भाग लिन प्रदेशसभा सांसद, कर्मचारी र सुरक्षाकर्मीको कोरोना परक्षिण थालिएको हो।  

बिहीवारदेखि सुरु भएको परीक्षणमा हालसम्म उपसभामुख उपमा देव सहित ५० जनाको स्वाब संकलन भइसकेको छ। प्रदेशसभाका निमित्त सचिव रंजित यादवका अनुसार शनिवारसम्म उनीहरुको स्वाब संकलन गरिनेछ।  प्रदेशका १ सय ७ सांसद, प्रदेशसभा सचिवालयमा खटिएका ७२ प्रहरी र ६० कर्मचारीको कोरोना परीक्षण हुने उनले बताए।  

प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम जेठ २१ गते बुधबार दिनको १ बजे प्रदेश सभाको चौथो अधिवेशन आह्वान गरेपछि सांसद र कर्मचारीको स्वाब संकलन सुरु गरिएको निमित्त सचिव यादवले बताए।

प्रकाशित: १६ जेष्ठ २०७७ ०३:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App