६ वैशाख २०८१ बिहीबार
समाज

हत्याको स्वतन्त्र र प्रभावकारी अनुसन्धान गर: एम्नेस्टी

रुकुम घटना र रुपन्देहीको घटनाकाे सत्यतथ्य छानबिन गरी न्याय दिन आग्रह गरेको छ। दुवै दुखान्त घटनामा स्थानीय तहका प्रतिनिधि मुछिएकाले घटनाको स्वतन्त्र र प्रभावकारी अनुसन्धान हुनुपर्ने एम्नेस्टीले बताएको छ।  

बलात्कारीसँग जबर्जस्ती विवाह गराइएकी रुपन्देहीकी एक १२ वर्षीया बालिकासहित पाँचजना युवा मारिएका र एक बेपत्ताको परिवारलाई न्याय दिनुपर्ने बताएको छ।  

जेठ १० मा रुपन्देही देवदह गाउँमा एकजना १२ वर्षीया बालिका रूखमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। अघिल्लो दिन उनलाई बलात्कार गर्ने कथित उपल्लो जातको पुरुषसँग उनको जबर्जस्ती विवाह गराइएको थियो। उनलाई बलात्कारपछि हत्या गरिएको देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।    

त्यसै दिन रुकुम पश्चिममा अधिकांश दलित समुदायकालाई कथित उपल्लो जातको एउटा हिंस्रक झुण्डले आक्रमण गरी लखेट्दै भेरी नदीको किनारसम्म पुर्याएको थियो। पछिल्लो पाँच दिनमा पाँचजनाको शव फेला परेको छ। एकजना अझै बेपत्ता छन्।

‘यी भयानक मृत्युका घटनाले नेपालमा दलित समुदायले सामना गरिरहेको विभेद र हिंसाको उजागर गर्छन्। जहाँ कानुन र नीतिलाई पर्याप्त रूपमा कार्यान्वयन गरिएको छैन र प्रभावित समुदायहरूले संरक्षणको अभाव झेलिरहेका छन्,’ एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपिलयाले भनेका छन्।

उनले दुवै दुखान्त घटनामा स्थानीय जनप्रतिनिधिको संलग्नता भएको र पीडितहरूले न्याय नपाउने त्रास भएको आशंका गरेका छन्। घटनाको स्वतन्त्र, निष्पक्ष र प्रभावकारी अनुसन्धान हुन अत्यावश्यक भएको बताए। ‘पीडितका परिवारलाई विश्वास हुनेगरी अनुसन्धान जवाफदेही बनाइनुपर्छ,’ उनले भने।  

मृतक पाँचमध्ये चारजना दलित छन्। नवराज विक, टिकाराम सुनार, गणेश बुढामगर, लोकेन्द्र सुनार, सञ्जु विकको शव फेला परेको हो।  

यसैबीच, नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ, नेपाल दलित संघले उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै बिहीबार दिउँसो माइतीघर मण्डलामा प्रर्दशन गरेको छ।  

कांगे्रस नेता तथा राष्ट्रिय दलित आयोगका पूर्वसदस्य मञ्जित ताम्राकार र कांंग्रेस केन्द्रीय सदस्य जीवन परियार, नेपाल विद्यार्थी संघका महामन्त्री दिपक भट्टराईले दोषीलाई तत्कालै कारबाही गर्न र उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरे।

प्रकाशित: १६ जेष्ठ २०७७ ०२:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App