४ वैशाख २०८१ मंगलबार
समाज

आइसोलेसन सेन्टरका लागि निजी अस्पताल र होटल प्रदान

जिल्लामा कोरोना संक्रमितको संख्या बढेपछि निजी अस्पताल र होटल समेत आइसोलेसन सेन्टरका लागि दिइएको छ । पूर्व क्रिकेटर, समाजसेबीले आफ्नो निजी अस्पताल तथा एक होटल ब्यवसायीले आफ्नो रेस्टुरेन्ट नै आइसोलेसन सेन्टर बनाउन दिएका हुन । तीनै जनाले निःशूल्क रुपमा सेन्टरका लागि सो प्रयोग गर्न दिएका हुन । 

जिल्लामा १ सय ९ जना संक्रमित पुगेका छ । बिरामीहरुलाई राख्न समस्या भएपछि उनीहरुले आइसोलेसन सेन्टरका लागि आफै अग्रसर भएर दिएका हुन । मायोदबी गाउँपालिकाका अन्तर्राष्ट्रिय स्तरका पूर्व क्रिकेटर फैजल खाले पकडीमा रहेको आफै फैजा अस्पताल आइसोलेसन सेन्टर बनाउन दिएका छन् ।  

यस्तै सुद्धोदन गाउँपालिकाका अजिजुर रहमानले समेत लबनीमा सञ्चालनमा रहेको १५ शैया क्षमताको अलशेख हस्पिटल आइसोलेसनका लागि दिएका छन् । उता होटल ब्यवसायी दिनेश रायमाझीले तौलिहवास्थित तिलौराकोट क्याफे एन्ड रेस्टुरेन्टलाई आइसोलेनका लागि दिएका छन् । पकडीमा रहेको फैजा अस्पतालमा १७ बेडको, लवनी अस्पतालमा १५ र तिलौराकोट क्याफेमा १० बेडको आइसोलेसन सेन्टर संचालनमा आएको प्रशासन कार्याले जनाएको छ ।  

जिल्लामा अझै आधा भन्दा बढी पालिकाले आइसोलेसन सेन्टर निर्माण गर्न नसकेको बेला क्रिकेटर समाजसेवी र होटल ब्यवसायीले सेन्टर निर्माणका लागि आफ्ना नीजी अस्पताल र होटल दिएर उदाहरणीय कार्य गरेको प्रजिअ दीर्घ नारायण पौडेलले बताए ।  

करिब २ कठ्ठा बढि जग्गाको क्षेत्रफलमा निर्मित दुई तत्ले २२ कोठे भवन रहेको तैवा अस्पताल लकडाउनका कारण संचालन हुन पाएको थिएन । दुई बर्षको अबधी देखि निर्माणाधिन रहेको अस्पतालको पूर्वाधार निर्माणका लागि सञ्चालक खाँले हालसम्म २ करोड ५० लाख बढि लगानी गरेका छन् । अस्पतालमा आधारभुत पूर्वाधार पुरा गरि हालसम्म खाँले १ आईसियुसहित १७ बेड व्यवस्थापन गरेका छन् । लकडाउनले अस्पतालको उद्घाटन रोकिएको छ । ‘मानवीय नाताले माहामारीको संक्रमण व्यवस्थापन नभएसम्मका लागि नि:शुल्क रुपमा आइसोलेसन सेन्टर सञ्चालन गर्न दिएको हु’  क्रिकेटका पूर्व अन्तरराष्ट्रिय खेलाडी समेत रहेका उनले भने ।  

अस्पतालमा १ आईसियुसहित १७ बेड तयार रहेको, अल्ट्रासाउण्ड र एक्सरे बाहेकका सामाग्री तयारी हालतमा रहेको उनले जनाए । खाँको प्रश्ताव जिल्लास्थित कोरोना जोखिम व्यवस्थापन समितिले स्विकार गरि तैबा अस्पतालमा आइसोलेसन बनाउने निर्णय गरेको थियो । अस्पतालमा ५० बेडको बेड संचालन गरिने गाउँपालिका प्रमुख बजरंगी प्रसाद कुर्मीले बताए । क्वारेन्टिन व्यवस्थापनसंगै आइसोलेसनको समस्या परेका बेला युवा नेता खाँले निजी अस्पताल दिएर प्रशंसनिय कार्य गरेको अध्यक्ष कुर्मीले बताए ।  

हाल त्यहाँ मायादेवी गाउँपालिकाका ७ जना कोरोना संक्रमितलाई राखिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले जानकारी दिए । होटल ब्यवासयी रायमाझीले महामारीको बिपत्तीको बेला आफूले सामाजिक उत्तरदायित्तव बोध गरी ५० लाख बढी लागानी गरेको रेस्टुरेन्ट सेन्टर निर्माणका लागि दिएको बताए । तिलौराकोट ईन्टरनेशन होटल समेत दिन आफू तयार रहेको उलने बताए । तिलौराकोट क्याफे सेन्टरमा ४ सुरक्षाकर्मी र एक कर्मचारी गरी ५ जना छन् । उता अजिजुर रहमानले यो कठिन सयममा आफूले सहकार्य गरेको बताए ।

प्रकाशित: १५ जेष्ठ २०७७ १५:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App