coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

संक्रमित बढ्दै, सावधानी भने कम

भारतबाट आउनेमा कोरोना संक्रमण देखिन थालेपछि झापाका स्थानीय तहले कडाइ गरेका छन् । लुकेर नेपाल सम्म प्रवेश गर्न नदिन सीमामा थप कडाइ थालेका हुन् । सिमावर्ती कचनकवल गाउँपालिकाका मात्रै ३३ जनामा कोरोना संक्रमण देखिएसँगै छिमेकी स्थानीय तहले सावधानी अपनाउन थालेका हुन् ।  

भारतबाट आउनेमा संक्रमण देखिए पनि स्थानीय सरकारले भने भारतबाट अलपत्र नेपाली ल्याउन छाडेका छैनन् । बुधबार राति मात्रै ५ सय नेपालीलाई जिल्लाका विभिन्न स्थानीय तहमा राखिएको छ । उनीहरुमा संक्रमण नदेखिएको पुष्टि भएपछि मात्रै जिल्लामा पठाइनेछ ।  

नेपाल र भारतको सिमानाबाट नेपाली धमाधम झापा भित्रन थालेपछि यहाँ कोरोनाको जोखिम बढेको छ । तीन साताअघि दुई जनामा कोरोना पोजेटिभ देखिएको झापामा तीन दिनयता ३३ जना सक्रमित संख्या पुगिसकेको छ । सबैजना भारतबाट आएर कचनकवलले नै बनाएको दुई वटा अलगअलग क्वारेन्टिनमा बसेका छन् ।

ती सबै कचनकवल गाँउपालिकाका रहेका छन् । कचनकवल गाउँपालिका सिल भइसकेको छ । बिहीबार मात्रै थप ८ जनामा कोरोना संक्रमण देखिएको थियो । गाउँपालिकाका अध्यक्ष अन्जार आलमले सीमामा भारतबाट आउनेलाई क्वारेन्टिनमा राख्ने गरिएका कारणले समुदाय स्तरसम्म संक्रमण नदेखिएको बताए । भारतबाट आउने जति सबैलाई हामीले क्वारेन्टिनमा राख्यौ, उनले भने, ‘त्यहीँ भएर समुदायमा जोखिम छैन ।‘  

संक्रमित सबै भारतका विभिन्न स्थानबाट रेल, बस चढेर सीमासम्म आएका थिए । जिल्लास्तरीय समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले सिमावर्ती क्षेत्रबाट लुकेर पस्नेको संख्या अझै नघटेको उल्लेख गरे । ‘सीमामा अझै पनि जोखिम उत्तिकै छ,’ उनले भने, ‘तर सीमामा मकैबारी हुँदै नेपाल तर्फ प्रबेश गरि लुक्ने गरिएको समेत पाइएको छ । केचनाकवलमा मात्रै २ सय २४ जना क्वारेन्टिनमा राखिएको छ ।’  

प्रदेशसभाका सदस्य वसन्त बानियाँले क्वारेन्टिनमा राखिएकाले थप समुदायस्तरमा संक्रमणको खतरा भने नभएको बताए । सीमाबाटै ल्याएर क्वारेन्टिनमा राखेका छौं, उनले भने, सीमित स्रोतसाधनले नै हामीले सावधानीका साथ काम गरिरहेको अवस्था छ ।  

सर्तकता बढ्यो  

झापामा मात्रै ३५ जनामा संक्रमण देखिएसँगै बिर्र्तामोड नगरपालिकाले बिहिवार मध्यरात देखि नगर सिल गरेको छ । अत्यावश्यक काम बाहेक निस्किएमा कारवाही गर्ने निर्णय गरिएको प्रमुख धु्रवकुमार शिवाकोटीले बताए । ‘नजिकैका स्थानीय तहमा देखिएपछि लकडाउनलाई पूर्ण प्रभावकारी बनाउन काम अघि बढाएका छांै,’ उनले भने, ‘बिहीबार मध्यरातदेखि कोही हिँड्न पाउने अवस्था छैन । सिमावर्ती क्षेत्रबाट लुकेर प्रवेश गर्ने क्रम बढेसँगै भद्रपुर नगरपालिकाले लकडाउनलाई प्रभावकारी बनाएको छ । प्रमुख जीवनकुमार श्रेष्ठले काम बिना सडकमा हिड्नेलाई नियन्त्रणमा लिइने गरिएको बताए । उनका अनुसार वार्ड कार्यालयहरु समेत दिन बिराएर खोल्ने निर्णय भएको छ ।  

मेचीनगर नगरपालिकामा व्यवसायीको तिब्र दबाब पछी भन्सार खुलेको थियो । सिमाबाट आउने मानिसलाई राख्नका लागि ५० सय वेड क्षमताको क्वारेन्टिन निर्माण गरिएको प्रमुख विमल आचार्यले बताए । ‘सीमाबाट आउनेको संख्या बढ्दै छ,’ उनले भने, ‘तीनको व्यवस्थापनका लागि काम भइरहेको छ । जिल्लामा भारतबाट आउनेको संख्या ठूलो हुने अनुमान गरिएसँगै जिल्लाका विभिन्न स्थानमा होल्डिग एरिया निर्माण सुरु भएको छ ।’  

प्रकाशित: १५ जेष्ठ २०७७ ०७:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App