१६ चैत्र २०८० शुक्रबार
समाज

अंगरक्षक र चालकमा कोरोना पुष्टि भएपछि सेल्फ क्वारेन्टिनमा एसपी

चालक र अंगरक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदी सेल्फ क्वारेन्टिनमा बसेका छन्। बुधबार उनका अंगरक्षक र सवारी चालकमा संक्रमण पुष्टि भएको हो।

प्रहरी उपरिक्षक चतुर्वेदीका अंगरक्षक र चालकलाई कोरोना संक्रमण भएको पुष्टि सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले गरेका हुन्। सङ्क्रमणको पुष्टि भएका दुवै जनालाई सिरहाको धनगढीमाइस्थित महेन्द्र गेनाइ अस्तपतालको आइसोलेसनमा राखिएको प्रजिअ गुरागाइले बताए।

अंगरक्षक र चालक संक्रमित भएपछि प्रहरी उपरीक्षक चतुर्वेदी पनि सेल्फ क्वारेन्टाइनमा बस्नु भएको छ,प्रजिअ गुरागाईंले भने। ‘अझ पनि धेरै जनाको परीक्षण रिपोर्ट आउन बाँकी नै छ। प्रजिअ गुरागाईंका अनुसार अहिलेलाई संक्रमित प्रहरीको नजिकका सुरक्षाकर्मीहरूलाई अलग्याएर बाँकीलाई सुरक्षा गतिविधिमा खटाइने छ।

सिरहामा योसँगै अहिलेसम्म कोरोना संक्रमितको संख्या ८ पुगेको छ। मंगलबार प्रमुख जिल्ला अधिकारी गुरागाईं, प्रहरी उपरीक्षक चतुर्वेदीसहित सुरक्षा अधिकारीहरू पिसिआर परिक्षणका लागि स्वाब संकलन गराएका छन।

प्रकाशित: १४ जेष्ठ २०७७ १५:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App