८ वैशाख २०८१ शनिबार
समाज

भुल्केका थप ४ जना संक्रमित कोरोना जितेर फर्के

उदयपुरमा संक्रमण निन्त्रण उन्मुख

कोरोना जितेर घर फर्कनुअघि विदा लिदै निको भएकाहरु । तस्बिरः महेश्वर

उदयपुरको भुल्केका संक्रमितमध्ये थप ४ जना कोरोना भाइरस (कोभिड १९) लाई पछार्न सफल भएका छन् । वैशाख पहिलो साता संक्रमण पुष्टि भएर विराटनगरस्थित कोरोना विशेष अस्पतालमा उपचाररत ६५ वर्षीया वृद्धासहित ४ जना बुधबार निको भएर डिस्चार्ज भएका हुन् ।  

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार ६ महिलासहित ३३ संक्रमितमध्ये ३२ जना भुल्केकै हुन् । जसमध्ये यसअघि २३ जना निको भएर घर फर्किसकेका छन् । उनीहरुलाई त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाको क्वारेन्टाईनमा राखिएको छ । अव १ पत्रकारसहित ६ जना आईसोलेसनमा उपचाररत छन् । बुधबार डिस्चार्ज हुनेहरुमा ६५ वर्षीया सविरण खातुन, उनकै छोरी जुवेदा खातुन र १८ वर्षीया नातिनी मदो खातुन र अलिजान मिया छन् ।  

यसअघि डिस्चार्ज हुने साविर मिया उनकै छोरा हुन् भने इमरान अहमद र परवेज आलम उनकै नाती भएको बताइएको छ । छोरी मदोको स्थायी घर सप्तरीको सुरुङ्गा नगरपालिका ११ अरहा भजोखा हो । मदोकै छोरा गुड्डु मिया पनि यसअघि नै डिस्चार्ज भईसकेका छन् ।  

अब बृद्धाके ४० वर्षीय ज्वाई र पत्रकार राकेश नेपालीलगायत ६ जना कोरोना अस्पतालमै उपचाररत छन् । अलिजानकी श्रीमती पनि डिस्चार्ज हुन बाँकी रहेको स्वास्थ्यले जनाएको छ । उपचाररत ६ जना कसैमा पनि अहिलेसम्म कोरोनाको कुनै लक्षण नदेखिएकाले सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताललाई उद्धृत गर्दै जिल्ला स्वास्थ्यका स्रोत व्यक्ति (फोकल पर्सन) लौकाजी राईले बताए । उनका अनुसार बाँकी पनि दोस्रो परीक्षण सकिइसकेकाले चाँडै डिस्चार्ज हुने आसा गरिएको छ ।

त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा रहेका १२ भारतीयसहित १६ जमातिमध्ये पहिलो पटक वैशाख ५ गते १३ जनामा संक्रमण देखिएको थियो । त्यसपछि लगातार ४ दिनसम्म स्वाव संकलन गरी परीक्षण गर्दा मस्जिद र आसपासका गाउँले २८ जनामा संक्रमण पुष्टि भएको थियो । दुईसातापछि पुनः यकिन गर्न उनीहरुकै दोहोरो स्वाब परीक्षण गर्दा थप ४ जना संक्रमित भेटिएका थिए भने वैशाख ३१ गते गरिएको २७ पत्रकारसहित ६१ को परीक्षणको रिपोर्ट आउँदा जेठ ३ गते एक पत्रकार संक्रमित भेटिएसँगै उदयपुरमा संक्रमित संख्या ३३ पुगेको हो ।  

पछिल्लो स्वास्थ्य परीक्षणमा कोही संक्रमित नथपिएसँगै उदयपुरमा कोरोना नियन्त्रणतर्फ उन्मुख भएको स्वास्थ्यले जनाएको छ । स्वास्थ्य प्रमुख मोहन सुबेदीका अनुसार अहिलेसम्म जिल्लामा १ हजार ६ सय ६२ को स्वाव संकलन गरिसकिएको छ । जसमध्ये १ हजार ५ सय ५३ को रिपोर्ट आउँदा संक्रमित संख्या ३३ भन्दा थपिएको छैन । पछिल्लो पटक भुल्केका संक्रमित परिवारका ६१ जनाको तेस्रो पटक गरिएको परीक्षण रिपोर्ट सोमबार साँझ आउँदा सबै नेगेटिभ आएकाले संक्रमण नियन्त्रणतर्पm उन्मुख भएको निश्कर्ष जिल्ला कोरोना सुरक्षा तथा प्रतिकार समितिले गरेको सुबेदीको भनाई छ ।  

सुबेदीका अनुसार संक्रमित पत्रकारसँग घुलमिल र सम्पर्कमा रहेका ३ सहित ९७ जनाको रिपोर्ट पनि नेगेटिभ आईसकेको छ । जसमा सँगै भान्सा र एउटै ओछ्यान सुत्ने दुई युवक तथा नेकपा जिल्ला अध्यक्ष विनोद कटुवालसमेतको रिपोर्ट नेगेटिभ आएपछि पत्रकारको ‘कन्ट्याक्ट टे«सिङ’ मा परेका बाँकी पत्रकारको स्वास्थ्य परीक्षण गर्नु नपर्ने निश्कर्षमा समिति पुगेको छ ।  

 

 

प्रकाशित: १४ जेष्ठ २०७७ १४:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App