coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मुगु पाटनमा यार्सा टिप्न प्रतिबन्ध

मुगुको कार्मारोङ गाउँपालिकाले पाटनमा यार्सा टिप्न प्रतिबन्ध लगाएको छ । गाउँपालिकाले प्रतिबन्धका बाबजुद यार्सा टिप्‍न गए ५० हजार रुपैयाँ जरिवाना तिर्नु पर्ने निर्णय गरेको हो । लकडाउन र कोरोना भाइरसको संक्रमण हुने भन्दै गाउँपालिकाले एक महिनाअघि यार्सा संकलनमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । त्यो निर्णयको इमान्दारीताका साथ कार्यन्वयन गर्न यार्सा संकलकहरुलाई आग्रह गरिएको छ ।  

अवैध रुपमा पाटन प्रवेश गरी यार्सा चोरी हुने भएकाले कार्यपालिका वैठकबाट जरिवानाको निर्णय गरिएको गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामा बताउँछन् । ‘पाटन आसपासका बासिन्दाले यार्सा सिजन सुरु हुनुअघि र पछि पनि अवैध रुपमा यार्सा संकलन गर्ने गरेका थिए,’ अध्यक्ष लामाले भने, ‘अवैध रुपमा यार्सा संकलन रोक्न पाटन प्रवेश गर्ने नाकामा स्वयंसेवक परिचालन भएका छन् । कसैले पनि पाटन प्रवेश गर्न पाउने छैनन् ।’ यार्सा चोरी पैठारी गर्न गएको भेटिएको खण्डमा कडा कारबाही हुुनेछ ।  

अवैध संकलन रोक्न गाउँपालिकाले मुगु, डोल्फु, चितै लगायत गाउँमा स्वयमसेवक परिचालन गरेको गरेको छ । गाउँपालिकाका सानो कोइकी, ठूलो कोइकी, रिमार, टाँके, छापाखोला लगायत ८ पाटनमा यार्सा पाइने गरेको छ । यो समयमा यहाँका सबै पाटनमा मानिसहरु यार्सा संकलनका लागि पुग्ने  गर्छन् । यो वर्ष यार्सा संकलन रोकिएको छ । 

अर्को वर्ष उत्पादन वृद्धि हुने आशा गरिएको छ, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तीर्थराज शाही भन्छन,‘ले लकडाउनले यार्सा संरक्षणमा टेवा पुगेको छ । हाल पूलुस्थित सीमा प्रहरी चौकीले यार्सा संकलन रोक्न नियमित गस्ती थालेको छ । जसका कारण पनि पाटनमा कसैले प्रवेश पाएका छैनन् ।  

गाउँपालिकाले अपरिचित व्यक्ति अनुमतिबिना गाउँ छिरेमा १० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय पनि गरेको छ । कोरोना भाइरसको संक्रमण रोक्न गाउँपालिकाका ९ वटै वडाका अध्यक्षको भेलाले पाटन प्रवेशमा रोक लगाएको हो । मुगुसंगै कर्णालीको डोल्पामा पनि यार्सा टिप्न प्रतिबन्ध छ । 

प्रकाशित: १४ जेष्ठ २०७७ १२:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App