७ वैशाख २०८१ शुक्रबार
समाज

कर्णाली प्रदेशमा २०७७ भरी ७ दिन सार्वजनिक विदा

कर्णाली प्रदेश सरकारले कर्णालीमा वर्षमा ७ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । २०७७ सालमा वर्षमा ७ दिन सार्वजनिक विदा दिने र सो को सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको हो । 

सरकारका प्रवक्ता बिमला केसीका अनुसार असार १५ गते र चैत १२ गते धान दिवस मनाउने निर्णय भएको हो । चैत १२ गते जुम्लामा धान दिवस मनाइने छ । असार १५ गते जुम्ला बाहेकका जिल्लामा धान दिवस मनाउने र त्यो दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।  

साउन एक गते साउने संक्रान्ति र देउडा पर्वको दिनमा विदा दिइनेछ । भदौ ४ गते प्रदेश स्थापना तथा शहिद दिवस, असोज र कृष्ण त्रयोदशीमा चन्दननाथ मन्दिरको लिंगो हाल्ने दिनमा पनि सार्वजनिक विदा दिइने भएको छ । यो दिनमा जुम्ला मात्र बिदा हुनेछ । माघ १ गते, चैत शुक्ल अष्टमी र फोत्तोलो ल्होसारमा सार्वजनिक विदा दिने निर्णय भएको प्रवक्ता केसी बताउँछिन् ।

बैठकले भारतबाट फिर्ता हुने नागरिकको उद्धार तथा क्वारेन्टिन ब्यवस्थापनमा नेपाली सेना परिचालन गर्न नेपाल सरकारसंग स्वीकृतिका लागि अनुरोध गर्ने निर्णय गरेको छ । पूर्वाधार विशेष कार्यक्रम कार्यन्वयनका लागि कर्णाली प्रदेश विनियोजना ऐन२०७६ दफा नौ बमोजिम बजेट कार्यान्वयन सहजताका लागि आदेश जारी गर्ने, कर्णाली प्रदेश विनियोजन विधेयक २०७७ का सिद्धान्त, प्राथमिकता र प्रमुख नितीहरु प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने र कर्णाली प्रदेशमा ब्यापार व्यवसायको दर्ता तथा सञ्चालन सम्बन्धमा बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको प्रवक्ता केसीले जानकारी दिइन् ।

मन्त्रीपरिषद बैठकले प्रदेश औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

प्रकाशित: १४ जेष्ठ २०७७ ११:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App