१५ चैत्र २०८० बिहीबार
समाज

एकै दिन ११४ जनामा कोरोना पुष्टि

बुधबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी संख्यामा कोरोना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप १ सय १४ जनामा संक्रमण देखिएको छ। यो सँगै नेपालमा कुल संक्रमितको संख्या ८ सय ८६ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार धरानको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनामा पोजेटिभ देखिएको छ। पोजेटिभ देखिने सबै सप्तरीका हुन्। यसैगरी कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका १७ जनामा कोरोना पोजेटिभ देखिएको छ। हेटौडामा भएको परीक्षणमा रौतहटका ७ सहित ८ जनामो कोरोना पोजेटिभ देखिएको छ। पोखरामा भएको परीक्षणमा बागलुङका ४ जनामा पोजेटिभ देखिएको छ। दाङमा भएको परीक्षणमा रुकुम पूर्वका ३, दाङका १५ गरी १८ जनामो पोजेटिभ देखिएको छ। यस्तै भेरी अस्पतालमा भएको परीक्षणमा १६ जना पोजेटिभ देखिएको प्रवक्ता डा. देवकोटाले बताए। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनाको पोजेटिभ रिपोर्ट आएको छ। संक्रमण देखिएका मध्ये पुरुष ७ सय ९६ र महिला ९० रहेका छन्। नयाँ संक्रमितहरुको क्वारेन्टाइनमा उपचार सुरु गरिएको उनले बताए।  

अहिले देशभरीका आइसोलेसनमा ६ सय ९९ जना संक्रमित रहेका छन्। प्रदेश नम्बर १ मा ७३, प्रदेश नम्बर २ मा २ सय २६, बागमती प्रदेशमा २७ र गण्डकी प्रदेशमा ११ आइसोलेसनमा उपचाररत छन्। यस्तै प्रदेश नम्बर ५ मा ३ सय २५, कर्णाली प्रदेशमा २५ र सुदूरपश्चिम प्रदेशमा १२ जना उपचाररत रहेको प्रवक्ता देवकोटाले बताए।

बुधबारसम्म १ सय ८३ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्। प्रदेश नम्बर १ मा ३०, प्रदेश नम्बर २ मा ९७, बागमती प्रदेशमा ११ र गण्डकी प्रदेशमा २ जना निको भएर घर फर्किएका छन्। यस्तै प्रदेश नम्बर ५ मा ३८ र सुदूरपश्चिम प्रदेशमा ५ जना डिस्र्चाज भएका छन्। बुधबार मात्रै नारायणी अस्पतालबाट २८ जना, कोसी अस्पतालबाट ४ र शुशिल कोइराला पर्खर क्यान्सर अस्पतालबाट २ जना डिस्चार्ज भएका छन्।

 

 

 

प्रकाशित: १४ जेष्ठ २०७७ ११:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App